हिरोले नयाँ इलेक्ट्रिक स्कुटर ल्याउने, टिजर सार्वजनिक

हिरो इलेक्ट्रिकले चाँडै नै नयाँ इलेक्ट्रिक स्कुटर ल्याउने भएको छ । कम्पनीले हालै सो नयाँ इलेक्ट्रिक स्कुटरको टिजर सार्वजनिक गरेको छ । कम्पनीले सो इलेक्ट्रिक स्कुटर मार्च १५ मा लन्च गर्ने अनुमान गरेको छ ।

टिजरका अनुसार सो इलेक्ट्रिक स्कुटरमा एलईडी हेडल्याम्प, फ्रन्ट काउलमा एलईडी टर्न इन्डिकेटर, अलोय ह्विल, डिस्क ब्रेक, कर्भ सिट, बाक्लो ग्र्याब रेल र निलो पेन्ट रहेको छ । साथै यसको डिजाइन हिरो अप्टिमासँग मिल्दोजुल्दो हुने अनुमान गरिएको छ ।

यो वर्षको फेब्रुअरीमा हिरो इलेक्ट्रिकले ५ हजार ८६१ इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ, जुन यस वर्षको जनवरीको बिक्रीभन्दा ५०० युनिट कम हो । हिरो इलेक्ट्रिकको बिक्री घट्नुको मुख्य कारण कम्पनी फेम–२ सब्सिडी स्किमबाट बाहिर रहेको बताइएको छ । नयाँ इलेक्ट्रिक स्कुटरले कम्पनीको स्कुटर बिक्रीमा बढोत्तरी हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

अनिल अम्बानीको रिलायन्स इन्फ्राले भारतमा विद्युतीय कार बनाउने

अनिल अम्बानीको रिलायन्स इन्फ्राले भारतमा विद्युतीय कार बनाउने

रिलायन्स इन्फ्रास्ट्रक्चरले ईभी र ब्याट्री निर्माण व्यवसायमा प्रवेश...

चीनमा विद्युतीय कारको बिक्री १४५ प्रतिशतले बृद्धि भयो, पेट्रोलियम कारको बिक्री घट्यो

चीनमा विद्युतीय कारको बिक्री १४५ प्रतिशतले बृद्धि भयो, पेट्रोलियम कारको बिक्री घट्यो

चीनमा सन् २०२१ मा बिद्युतीय कारको बिक्री १४५ प्रतिशतले वृद्धि हुँदा...

काठमाडौंको सोरुममा सजिए नयाँ ब्रान्ड ग्रेटवाल र ह्यावलका गाडी, औपचारिक लन्च छिट्टै हुने

काठमाडौंको सोरुममा सजिए नयाँ ब्रान्ड ग्रेटवाल र ह्यावलका गाडी, औपचारिक लन्च छिट्टै हुने

काठमाडौं – नेपाली बजारमा चाइनिज ब्रान्ड ग्रेटवाल र ह्यावलका सवारी साधन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...