नाइमा आकर्षण : कम मूल्यका कारण चर्चित हेनरी भोल्ट्सका कार

चिनियाँ अटोमोबाइल कम्पनी हेनरीका गाडीहरू मध्ये एक नयाँ मोडल भोल्ट्स सी प्रो नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा सार्वजनिक गरिएको छ । नेपालको ईभी बजारमा नयाँ क्रान्ति ल्याउने तयारीमा रहेको हेनरी भोल्ट्स ब्रान्डले आफ्नो नयाँ र उच्च प्रविधियुक्त सिटी ईभी ‘मोडल सी प्रो’ सार्वजनिक गरेको हो ।

करिव चार वर्ष देखि नेपाली बजारमा बिक्री भइरहेको मोडल एचको सफलतापछि ल्याइएको मोडल सी प्रोमा ३०० किमी लामो रेन्ज, ३५ किलोवाट डीसी फास्ट चार्जिङ र २५ किलोवाट आवर लिथियम ब्याट्री जस्ता अत्याधुनिक फिचरहरू रहेका छन् । यसले ४० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सक्ने कम्पनीको दाबी छ ।

गाडीमा ३५ किलोवाटको मोटर र ११० एनएम टर्क रहेको छ, जसले विशेषगरी नेपालको चढाइयुक्त सडकमा सहज र स्मूथ ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ । ४.८५ मिटरको छोटो टर्निङ रेडियस भएकोले यो गाडी काठमाडौंका साँघुरा गल्लीहरू र पार्किङका लागि अत्यन्तै उपयुक्त छ ।

गाडीमा नयाँ फेसलिफ्ट डिजाइन, चार आकर्षक रङ, आल्मुनियम ह्विल र ९ इन्चको टचस्क्रिनसहितको आकर्षक इन्टेरियर रहेको छ । यसमा ‘डोअरस्टेप सर्भिस’ सुविधा पनि उपलब्ध छ, जसअन्तर्गत गाडी ग्राहकको घरबाटै उठाएर सर्भिस सेन्टरमा मर्मत गरी पुनः फिर्ता गरिनेछ । यस सुविधाले ग्राहकलाई सर्भिसका झन्झटबाट मुक्त बनाउने कम्पनीको दाबी छ ।

सुरक्षाका हिसाबले मोडल सी प्रोमा सिंगल एयरब्याग, एबीएस, ईबीडी, हिल होल्ड असिस्ट, आईएसओ फिक्स, रिभर्स क्यामेरा, एलईडी डे टाइम रनिङ लाइट, स्मार्ट की, ब्लुटुथ अडियो सिस्टम, डुअल युएसबी चार्जिङ पोर्ट, स्पोर्ट स्टेयरिङ लगायतका सुविधा उपलब्ध छन् ।

कम्पनीले मोडेल सी प्रोको मूल्य २३ लाख रुपैयाँ तोकेको छ, जसले यसलाई नेपालको सस्तो लङ–रेन्ज इलेक्ट्रिक गाडीको रूपमा प्रस्तुत गर्ने विश्वास गरिएको छ । यो भन्दा पहिले यसको मूल्य २४ लाख ५० हजार भएकोमा नाइमामा बुकिङ गर्ने ग्राहकलाई यो मूल्य प्रदान गरिएको हो ।

हेनरी भोल्ट्सकै अर्को गाडी मोडल एच भने १८ लाख ९९ हजार रुपैयाँ मूल्यमै उपलब्ध छ । यो सम्भवतः सबैभन्दा कम मूल्यको कार पनि हो । यसको वास्तविक मूल्य २१ लाख ५० हजार रुपैयाँ भए पनि नाइमा अफरको रुपमा सो मूल्य प्रदान गरिएको हो ।

सम्बन्धित समाचारहरू

विद्युतीय सवारी साधन किन्न ९.९९ प्रतिशत दरमा एनएमबि बैंकको कर्जा

विद्युतीय सवारी साधन किन्न ९.९९ प्रतिशत दरमा एनएमबि बैंकको कर्जा

काठमाडौं – एनएमबि बैंकले विद्युतीय सवारी साधन किन्न चाहने ग्राहकहरुलाई...

गंगा नदी डल्फिन बचाउन बीवाईडीले सहयोग गर्ने, प्रोजेक्ट डल्फिनको घोषणा

गंगा नदी डल्फिन बचाउन बीवाईडीले सहयोग गर्ने, प्रोजेक्ट डल्फिनको घोषणा

काठमाडौं – नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकको पहलमा...

वुलिङ बिंगो ईभी किन्नेलाई नबिल बैंकले कर्जा दिने, यस्तो छ व्यवस्था

वुलिङ बिंगो ईभी किन्नेलाई नबिल बैंकले कर्जा दिने, यस्तो छ व्यवस्था

काठमाडौं – विद्युतीय गाडी वुलिङको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...