आइएमई मोटर्स र समृद्धि फाइनान्सबीच सम्झौता

काठमाडौँ- आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रा.लि. र समृद्धि फाइनान्सबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आइएमई मोटर्सको तर्फबाट कम्पनीका निर्देशक सुमन पोखरेल र समृद्धि फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले समृद्धि फाइनान्सबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानीका लागि समझौतापत्रमा हस्ताक्षर भएको हो ।

यसै अनुरुप फाइनान्सको नीति अनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा विक्री वितरण गरिएका दोस्त मोडलका सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि कम्तिमा खरिद मूल्यको ७० प्रतिशतसम्मको सहुलियतपूर्ण सवारी कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको छ । 

अब आइएमई मोटर्सको कमर्सियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले समृद्धि फाइनान्सको जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । प्रधान कार्यलय हेटौंडा रहेको समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हेटौंडासहित नारायणघाट, काठमाडौँको पुतलीसडक, बुटवल र पोखरमा शाखा कार्यलयहरु रहेका छन् । 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...