मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम फेरि ल्याइँदै

सरकारले मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनैपर्ने नियम पुनः ब्युँताउने तयारी गरेको छ । यसअघि पटक–पटक लागू गर्न खोज्दा पनि कार्यान्वयन नभएको उक्त नियमलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुनः ब्युँताउन लागेको हो ।

मन्त्रालयमा मंगलबार आयोजित मन्त्रीस्तरीय बैठकले जतिसक्दो छिटो दुवैजनाले हेल्मेट लगाउने नियम कार्यान्वयनमा ल्याउन जोड दिएको छ । मोटरसाइकल यात्रालाई सुरक्षित र दुर्घटनामा क्षति कम गर्नेबारे छलफल गर्न मंगलबार भौतिकमन्त्रीले विभिन्न क्षेत्रका विज्ञ तथा प्रमुखहरूसँग छलफल गरेका थिए ।

छलफलमा भौतिकमन्त्री नारायणकाजी श्रेष्ठले मोटरसाइकलको पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउन जरुरी रहेको बताए । उनले बरु कहिले र कसरी लागू गर्ने भन्ने विषय चुनौतीपूर्ण भएको बताए । यो नियम कार्यान्वयन गर्न पहिला जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा एमाले नेता योगेश भट्टराईले विदेशतिर पनि पछाडि बस्नेले हेल्मेट लगाउने गरेको बताए ।

ट्राफिक प्रहरी कार्यलयले यसअघि यो नियम कार्यान्वयन गर्न खोज्दा ट्राफिक प्रहरीमाथि नै कमिसन खाएको आरोप लागेपछि कार्यान्वयन भएको थिएन । कार्यक्रममा डाब्लुएचओ नेपालका प्रतिनिधि पनि उपस्थित थिए । स्वास्थ्य मन्त्रालयमा सहप्रवक्ता समीरकुमार अधिकारीले मोटरसाइकलमा बस्ने दुवैले हेल्मेट लगाउनैपर्ने जोड दिए । उनले सवारी दुर्घटनामध्येका ६८ प्रतिशत दुर्घटना मोटरसाइकलकै कारण हुने गरेको तथ्यांक दिए ।

सम्बन्धित समाचारहरू

खुल्ला त चिनियाँ नाका र आउलान् गाडी ? नाका खोल्न पहल गर्ने अध्यक्ष लीको प्रतिबद्धता

खुल्ला त चिनियाँ नाका र आउलान् गाडी ? नाका खोल्न पहल गर्ने अध्यक्ष लीको प्रतिबद्धता

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले दसैंअघि नै...

पल्सर र क्रसफायर तथा बेनेली मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ

पल्सर र क्रसफायर तथा बेनेली मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न चार...

कोटेश्वरमा ४० प्रतिशत घट्यो ट्राफिक जाम, भविष्यमा अण्डरपास र फ्लाइओभर बनाइने

कोटेश्वरमा ४० प्रतिशत घट्यो ट्राफिक जाम, भविष्यमा अण्डरपास र फ्लाइओभर बनाइने

काठमाडौं – राजधानीको कोटेश्वर–जडिबुटी सडक खण्ड विस्तार भएसँगै सवारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...