अब नेपालमा भित्रियो हेलमेट स्यानिटाइज गर्ने मेसिन

काठमाडौं - नेपालमा हेलमेट क्लिनिङ तथा स्यानिटाइजिङका लागि अत्याधुनिक मेसिन भित्रिएको छ। भारतको प्रतिष्ठित कम्पनी फ्रेसपोड इन्डियाले उत्पादन गरेको यस मेसिनको नेपालका लागि आधिकारिक वितरक गैरे फ्रेसपोड प्रालि रहेको छ।

गैरे फ्रेसपोड प्रालिको प्रधान कार्यालय बुटवल– ११, कालिकानगरमा रहेको छ। गैरे प्रतिष्ठानका अध्यक्ष प्रेमराज गैरेका अनुसार लामो समय हेलमेट प्रयोग गर्दा पसिना, धुलो, ब्याक्टेरिया र दुर्गन्ध जम्ने समस्याको समाधानका लागि यो प्रविधि नेपालमा भित्र्याइएको हो।

यस किसिमको प्रविधि नेपालमा पहिलोपटक भित्र्याइएको गैरेले बताए। उनले मेसिनमा अनलाइन क्युआर भुक्तानी प्रणालीसमेत जडान गरिएको जानकारी दिँदै ग्राहकले नगद बोक्नुपर्ने झन्झटविनै डिजिटल माध्यमबाट सहज रूपमा सेवा शुल्क भुक्तानी गर्न सकिने बताए।

सन् २०२५ मे ४ मा आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले यस मेसिनको औपचारिक उद्घाटन गरेका थिए। छोटो समयमै भारत, श्रीलंका तथा अफ्रिकालगायतका देशमा विस्तार भएको फ्रेसपोडले हालसम्म दुई सयभन्दा बढी मेसिन बिक्री गरी पाँच लाखभन्दा बढी हेलमेट स्यानिटाइज गरिसकेको कम्पनीले जनाएको छ।

यो मेसिनले जम्मा पाँच मिनेटमा हेलमेटभित्रको धुलो, दुर्गन्ध र जीवाणु हटाई हेलमेटलाई सफा, स्यानिटाइज र सुगन्धित बनाउँछ। मेडिकल ल्याब परीक्षणबाट प्रमाणित यो प्रविधिबाट स्यानिटाइज गरिएको हेलमेट करिब १५ दिनसम्म ताजा र दुर्गन्धरहित रहने कम्पनीको दाबी छ। कम्पनीका अनुसार यो सेवा विशेष गरी मोटरसाइकलचालक, राइडर, डेलिभरी सेवा प्रदायक तथा दैनिक हेलमेट प्रयोगकर्ताका लागि उपयोगी हुनेछ। नियमित हेलमेट सरसफाइले छालासम्बन्धी समस्या तथा संक्रमणको जोखिम कम गर्न सहयोग पुग्ने विश्वास कम्पनीको छ।

कम्पनीले नेपालमा औपचारिक रूपमा सेवा सुरु गर्दै आगामी दिनमा पेट्रोल पम्प, सपिङ कम्प्लेक्स, कलेज, अस्पताल तथा टु ह्विलर डिलर एन्ड सर्भिस सेन्टर नेटवर्कमार्फत देशभर सेवा विस्तार गर्ने योजना बनाएको जनाएको छ। कम्पनीका अनुसार हेलमेट स्यानिटाइजिङ मेसिनको मूल्य भ्याटसहित पाँच लाख ९५ हजार रुपैयाँ रहेको छ। जसमा एक वर्षको म्यानुफ्याक्चरिङ वारेन्टी उपलब्ध छ।

एउटा हेलमेट स्यानिटाइज गर्न १७५ रुपैयाँ सेवा शुल्क निर्धारण गरिएको छ। मेसिन उत्पादक भारतीय कम्पनी फ्रेशपोडका सञ्चालक भास्कर लखजूका अनुसार फ्रेशपोडले भारतमा गोल्ड मेडल तथा सर्बिया, थाइल्यान्ड, मलेसिया र चीनमा आयोजित अन्तर्राष्ट्रिय इनोभेसन प्रदर्शनीहरूमा समेत अन्तराष्ट्रीय अवार्ड प्राप्त गरेको छ। कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएसनका केन्द्रीय सचिव मेघराज पौडेल, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष हिमाल गैरे लगायतले हेल्मेट स्वच्छताका लागि यो मेसिन प्रभावकारी हुने धारणा राखे ।

शक्तिशाली यूभी–सी प्रविधि र ड्राइ फग डिसइन्फेक्सन प्रणाली मार्फत हेल्मेटमा रहेका कीटाणु, ब्याक्टेरिया तथा भाइरसमध्ये ९९.९ प्रतिशतसम्म नष्ट हुने दाबी गरिएको छ। फुल–फेस र ओपन–फेससहित सबै प्रकारका हेल्मेटमा यसको प्रयोग गर्न सकिने जनाइएको छ।

मेसिनमा रहेको उच्च क्षमताको यूभी–सी प्रकाशले हानिकारक सूक्ष्मजीवलाई नष्ट गर्ने तथा ड्राइ फग प्रविधिले हेल्मेटको भित्री भागका सबै कुनासम्म पुगेर प्रभावकारी रूपमा स्यानिटाइज गर्ने कम्पनीको दाबी छ। यसमा कुनै हानिकारक रसायन प्रयोग नगरिने भएकाले यो वातावरणमैत्री रहेको जनाइएको छ। प्राकृतिक सुगन्धको प्रयोगले हेल्मेटलाई ताजापन प्रदान गर्नुका साथै उन्नत सेन्सर र सुरक्षा प्रणालीले सुरक्षित र भरपर्दो रूपमा स्यानिटाइजेसन प्रक्रिया सम्पन्न गर्ने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचारहरू

हेल्मेट एयरब्यागसहित विश्वकै पहिलो कार ल्याउँदै हुवावे

हेल्मेट एयरब्यागसहित विश्वकै पहिलो कार ल्याउँदै हुवावे

हुवावेसँग जोडिएको ब्रान्ड लक्जीडले अहिलेसम्म कुनै पनि सवारी साधनमा...

हेल्मेटले कपाल झर्छ ? सुरक्षासँगै कपाल गुम्ने डर कत्तिको सत्य ?

हेल्मेटले कपाल झर्छ ? सुरक्षासँगै कपाल गुम्ने डर कत्तिको सत्य ?

मोटरसाइकल वा स्कुटर चलाउँदा हेल्मेट लगाउनु अनिवार्य र जीवनरक्षक मानिन्छ।...

चिनियाँ हेलमेटको शक्तिको प्रत्यक्ष परीक्षण, हेलमेटको मजबुती देखेर सबै छक्क

चिनियाँ हेलमेटको शक्तिको प्रत्यक्ष परीक्षण, हेलमेटको मजबुती देखेर सबै छक्क

केही दिनयता सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । यो हेलमेटको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...