ड्राइभिङ द फ्युचर : एक महिनामै नेपालको सडकमा गुड्न थाले ३०० नामी कार
नेपाली बजारमा डेलिभरी शुरु गरिए पश्चात करिव एक महिनाकै समयमा ३०० डोङफेङ...
काठमाडौं – काठमाडौंको भृकुटीमण्डमा जारी नाइमा मोबिलिटी एक्सपो २०२५ मा कार कम्पनीहरुले उपलब्ध गराएको छुट यतिबेला चर्चामा छ । ती मध्ये पनि सर्बाधिक चर्चा दुई कारले पाएका छन् ।
ती दुई मध्ये एउटामा २५ लाख र अर्कोमा २० लाख रुपैयाँ छुट उपलब्ध छ । यति धेरै छुट उपलब्ध हुँदा यी दुवै मोडलको मूल्य पनि धेरैका लागि चासो हुने नै भयो ।
सबैभन्दा बढी छुट प्युजो ३००८ मा छ । प्युजो ३००८ पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन हो । यसको मूल्य १ करोड ७५ लाख रुपैयाँ छ । नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले २५ लाख रुपैयाँ छुट उपलब्ध गराएका कारण अब यो गाडी १ करोड ५० लाख रुपैयाँमै उपलब्ध हुनेछ ।
प्युजो ३००८ मा १५९८ सीसीको फोर सिलिन्डर पेट्रोल इन्जिन छ, जसले १६५ एचपी पावर र २४० एनएम टर्क जेनेरेट गर्छ ।
त्यसैगरी निसान लिफको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ रहेकोमा नाइमामा विशेष अफरको रुपमा २० लाख रुपैयाँ छुट उपलब्ध गराइएको छ । यस अनुसार निसान लिफको मूल्य अब ४५ लाख रुपैयाँ तोकिएको छ ।

निसान लिफको इन्टेलिजेन्ट पावर अन्तर्गत यसमा ४० किलोवाट आवरको ब्याट्री जडान गरिएको छ र एकपल्ट चार्ज गर्दा ३ सय ११ किलोमिटरसम्म चलाउन सकिन्छ । यसको अधिकतम गुड्ने क्षमता प्रतिघन्टा १४० किलोमिटर छ । ग्राहकहरुले यसलाई सजिलैसँग चार्ज गर्न सक्नेछन् । घरमा नै डेडिकेटेड वाल आउटलेटबाट १५ देखि १८ घण्टामा र निसानको चार्जिङ स्टेसनबाट ४० देखि ६० मिनेटमा फुल चार्ज गर्न सकिन्छ ।
निसान लिफ विश्व बजारमा निकै नै रुचाइएको इलेक्ट्रिक सेडान हो । नेपाली बजारमा पायोनियर मोटोकर्पले यो गाडी बिक्री गरिरहेको छ ।
किन हुन्छ यति धेरै छुट ?
गाडी कम्पनीहरुले यति धेरै छुट दिदा ग्राहक वा अवलोकनकर्ता पनि आश्चर्यमा पर्ने गरेको पाइन्छ । कम्पनीहरुले यति धेरै नाफा खाने गरेका हुँदा रहेछन् भनेर चर्चा समेत चल्ने गरेको पाइन्छ ।
तर पनि वास्तविकता भने फरक हुन्छ । कुनै समयमा नेपाल भित्र्याएका यस्ता मोडल अब थोरै संख्यामा मात्र बिक्री गर्न बाँकी रहेका हुन्छन् । यो अवस्थामा स्टक क्लियरेन्सका लागि घाटा खाएरै पनि कम्पनीहरुले यस्ता सवारी साधनमा भारी छुट उपलब्ध गराउने गरेको पाइन्छ ।
यद्यपि हाल छुटमा उपलब्ध कम्पनीहरुले यस वारेमा आधिकारि रुपमा कुनै जानकारी प्रदान गरेका छैनन् । तर पनि यस्ता मोडलमा दिइएको छुटमा पनि यस्तै कारण हुन सक्ने अनुमान गर्न सकिन्छ ।
नेपाली बजारमा डेलिभरी शुरु गरिए पश्चात करिव एक महिनाकै समयमा ३०० डोङफेङ...
काठमाडौं–एलआरआर मोटर्सले सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ को जर्सी...
सिजी मोटर्सले नेपाल ल्याएएको बिद्युतिय कार जिएसी एवोन वाई अव १० प्रतिशत...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...