लकडाउन टिप्स : बाइकको चेनलाई यसरी राखौ सफा
लकडाउन वा निषेधाज्ञाको समयमा बाइकलाई धेरैले घरैमा थन्क्याएर राख्ने गरेका...
हेडरेस्ट कारमा हुने एउट फिचर हो । कारको सिटमा हेडरेस्ट लगाइएको हुन्छ, जसलाई सजिलै हटाउन सकिन्छ । हेडरेस्ट कारमा सन् १९६० को दशक देखि विकल्पको रुपमा प्रयोग गरिदै आइरहेको छ ।
सन् १९६९ मा हेडरेस्ट स्ट्यान्डर्ड सेफ्टी फिचरको रुपमा विकसित भएको थियो । हेडरेस्टले सवारी साधनमा झट्कालाई कम गर्न वा रोक्नको लागि काम गर्छ । हेडरेस्टको मुख्य काम टाउकोको सुरक्षा गर्नु भन्दा घाँटीको सुरक्षा गर्नु हो ।
अनुसन्धानकर्ताका अनुसार धेरैजसो हेडरेस्ट कम्पन रोक्न पर्याप्त हुँदैन । त्यसैले हेडरेस्ट टाउको माथि वा कम्तिमा कान भन्दा अलि माथि हुनुपर्छ ।
कारमा सिट बेल्ट लगाउनाले पनि झट्का कम महसुस हुन्छ । शरीर यता उता धेरै चल्दैन र टाउको पनि एक ठाउँमा रहन्छ । यसले पनि झट्का कम लाग्छ ।
केही सवारी साधनमा हेडरेस्ट हटाउन सकिँदैन भने केही सवारी साधनमा हेडरेस्ट सजिलै उठाउन र हटाउन सकिन्छ । हेडरेस्ट निकाल्दा त्यसमा २ वटा फलामको रड देख्न सकिन्छ । त्यस रडको छेउ तीखो हुन्छ । यसको कारण यो हो कि यदि चालक आकस्मिक अवस्थामा कारमा लक भएमा र कारको ढोका नखोल्दा हेडरेस्टको रडको मद्दतले सिसा फुटाएर सजिलै बाहिर निस्कन सकिन्छ ।
लकडाउन वा निषेधाज्ञाको समयमा बाइकलाई धेरैले घरैमा थन्क्याएर राख्ने गरेका...
भारतमा जारी भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ अन्तर्गतको कम्पोनेन्ट्स...
काठमाडौं– ओसियामा अटो ट्रेडर्स प्रालिले नयाँ ब्रान्डको स्पेयर पार्ट्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...