हार्टफोर्ड भीआर २२३एच अब मोटार्ड भर्सनमा नेपाल आउने

काठमाडौं – हार्टफोर्डको बाइक भीआर २२३एच अब मोटार्ड भर्सनमा नेपाली बजारमा आउने भएको छ । नेपालका लागि हार्टफोर्डको आधिकारिक वितरक इग्निसन अटोले सो बाइकको लिमिटेड एडिसन मोटार्ड भर्सनलाई नेपाली बजारमा ल्याउने भएको छ ।

नेपाली बजारमा पहिले देखि नै हार्टफोर्डको बाइक २२३एच उपलब्ध छ । अब नयाँ आउने बाइकको इन्जिन र अन्य स्पेसिफिकेसन उही हुने, तर यसको टायर र रिम मात्र परिवर्तन हुने इग्निसन अटोले जनाएको छ । बाइकलाई मोटार्ड भर्सनमा उपलब्ध गराइने भएकाले यसको टायर र रिम विशेष प्रकारको हुनेछ ।

हाल नेपाली बजारमा उपलब्ध २२३एचको मूल्य ५ लाख ८५ हजार रुपैयाँ भएकोमा नयाँ मोटार्ड भर्सनको मूल्य ६ लाख रुपैयाँ भन्दा बढी नै हुने अनुमान गरिएको छ । नेपाली नयाँ वर्ष २०७८ पश्चात यो बाइक नेपाली बजारमा उपलब्ध हुन सक्ने अनुमान गरिएको छ ।

भीआर २२३एच मा २२० सीसीको ओएचसी फोर स्ट्रोक इन्जिन छ । यसमा फाइभ स्पिड ट्रान्समिसन सिस्टम छ । सो बाइकको लम्बाई, चौडाई र उचाई क्रमशः २११० एमएम, ८५० एमएम र १२३० एमएम छ ।

यो बाइकको तौल १४० किलोग्राम छ । इलेक्ट्रिक र किक दुवै तरिकाले स्टार्ट गर्न सकिने यो बाइकको इन्जिनमा कार्बुरेटर सिस्टममार्फत इन्धन प्रवाह हुन्छ । यसको अघिल्लो भागमा डबल पेरिस्कोप र पछिल्लो भागमा मोनोसक सस्पेन्सन छ । त्यसैगरी दुवै पांग्रामा डिस्क ब्रेक छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...