बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – हार्टफोर्ड बाइक किन्दा दसैं तिहार अफरको रुपमा सबै गरी २५ हजार रुपैयाँ बराबरको अफर पाइने भएको छ । नेपालका लागि हार्टफोर्ड बाइकको आधिकारिक वितरक इग्निसन अटोले यो अफर ल्याएको बताएको छ ।
नयाँ बाइक किन्ने ग्राहकलाई बाइकको मूल्यमा १० हजार रुपैयाँ सम्म छुट हुने बताइएको छ । त्यसैगरी मेभोक्स हेल्मेट, बाइक कभर, लेग गार्ड आदि एसेसरिज तथा एक वर्षको सडक कर समेत निःशुल्क उपलब्ध हुनेछ । यी सबैको मूल्य करिव १५ हजार हुन्छ । यस अनुसार हार्टफोर्डका बाइक किन्दा सबैगरी २५ हजार रुपैयाँ जति छुट उपलब्ध हुनेछ ।
हाल नेपाली बजारमा भीआर १५० एच र २२३ एच गरी दुई मोडलका हार्टफोर्ड बाइक इग्निसन अटोले उपलब्ध गराइरहेको छ ।
यी बाइकको मूल्य क्रमशः ४ लाख ६५ हजार र ५ लाख ८५ हजार रुपैयाँ तोकिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...