अपडेट सहित हार्ले डेभिडसनको पहिलो मेड-इन- इन्डिया बाइक हार्ले डेभिडसन एक्स ४४० लन्च

हार्ले डेभिडसनले भारतीय बजारमा अपडेट गरिएको हार्ले डेभिडसन एक्स४४० लन्च गरेको छ । कम्पनीले बाइकमा नयाँ कलरसँगै फ्युल ट्याङ्कीमा नयाँ थ्रिडी बेज पनि दिएको छ । यो हार्ले डेभिडसनको पहिलो मेड-इन-इन्डिया बाइक हो र सो बाइक कम्पनीले हिरो मोटरकर्पसँगको साझेदारीमा बनाएको हो ।

कम्पनीले सो बाइक ७ भेरिएन्टमा लन्च गरेको छ । यसको मिड स्पेक एक्स४४० भेरिएन्टका लागि २ नयाँ रङ दिएको छ । कम्पनीले यो भेरियन्टलाई भिभिड नाम दिएको छ । कम्पनीले बाइकको एस भेरिएन्ट नयाँ ओरेन्ज कलरमा ल्याएको छ तर यसमा नयाँ सिल्भर ब्याजिङ भने छैन । यसबाहेक बाइकमा कुनै परिवर्तन गरिएको छैन ।

सो बाइकले रोयल इन्फिल्ड क्लासिक ३५०, रोयल इन्फिल्ड हन्टर, रोयल इन्फिल्ड मिटियोर, होन्डा सीबी३५०, होन्डा सीबी३५० आरएस, बेनेली इम्पीरियल ४०० र ट्रायम्फ स्पिड ४०० सँग प्रतिस्पर्धा गर्नेछ ।

नयाँ हार्ले डेभिडसन एक्स४४० मा स्क्वायरिश फ्युल ट्याङ्की, एलईडी डीआरएलको साथमा गोलो हेलाइट र हेडलाइटको माथि राउन्ड स्पिडो मिटर, चौडा ह्यान्डल बार, इन्डिकेटर र मिरर दिइएको छ । हेडलाइटको रिङमा एलईडी प्रोजेक्टर दिइएको छ । साथै यसमा गोलाकार इन्स्ट्रयुमेन्ट क्लस्टर जडान गरिएको छ ।

कम्पनीले हार्ले डेभिडसन एक्स४४० मा ४४० सीसी आयल कुल्ड, सिंगल सिलिन्डर इन्जिन दिएको छ, जसले२७ एचपी र ३८ एनएमको टर्क जेनेरेट गर्छ । यसको इन्जिन ६ स्पिड गियरबक्ससँग ट्युन गरिएको छ ।

सो बाइकमा एन्टी लक ब्रेकिङ सिस्टमको साथमा ड्युअल च्यानल एबीएस दिइएको छ । बाइकको ग्राउन्ड क्लियरेन्स २१० एमएम, फ्रन्ट टायर १८ इन्च र रियर टायर १७ इन्चको छ । यसमा टीएफटी युनिट पनि छ, जसले नेभिगेसन, कल र म्यासेजलाई व्यवस्थापन गर्छ । साथै यसमा युएसबी चार्जिङ सकेट पनि दिइएको छ ।

सम्बन्धित समाचारहरू

मोटरसाइकलको रङ बिग्रन नदिन अपनाउनुस् यी उपाय

मोटरसाइकलको रङ बिग्रन नदिन अपनाउनुस् यी उपाय

मोटरसाइकल चालकका लागि आफ्नो बाइकको रङ लामो समयसम्म चम्किलो राख्नु ठूलो...

नयाँ वर्षमा जोनसेनको ‘अफ-रोड’ अफर, मोटरसाइकल किन्दा सिधै १५ हजार छुट

नयाँ वर्षमा जोनसेनको ‘अफ-रोड’ अफर, मोटरसाइकल किन्दा सिधै १५ हजार छुट

जोनसेन बाइकको नेपालका लागि आधिकारिक वितरक स्यामुकापु ट्रेडिङले नयाँ वर्ष...

भव्य रुपमा सार्वजनिक गरियो सीएफमोटो ४५० सीएलसी, प्रिमियम मिड–वेट मोटरसाइकल सेग्मेन्टमा नयाँ आयाम

भव्य रुपमा सार्वजनिक गरियो सीएफमोटो ४५० सीएलसी, प्रिमियम मिड–वेट मोटरसाइकल सेग्मेन्टमा नयाँ आयाम

काठमाडौं – नेपालका लागि सीएफमोटो बाइकको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...