अटोमेकानिक्स महासंघको टोलीद्वारा चीन भ्रमण सम्पन्न, चिनियाँ सवारी र पार्ट्स लगायतको जानकारी हासिल
काठमाडौं नेपाल अटोमेकानिक्स व्यवसायी महासंघको प्रतिनिधिमण्डलले...
नेपाल अटो मेकानिक्स ट्रेड युनियन(नाटु) वुढानिलकण्ठ नगर कमिटीको चौथो नगर अधिवेशन सम्पन्न भएको छ । शनिवार वुढानिलकण्ठ नगपालिका वडा नं १० स्थित मिलनचोक पार्टी भेन्यूमा भएको सो अधिवेशनले उक्त कमिटीको अध्यक्षमा हरि श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ ।
उपाध्यक्षमा अक्षय शाह, सचिवमा दिवश अधिकारी, उप सचिवमा अनिल थापा मगर र कोषाध्यक्षमा मदन कुमार थापा निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा पवनराज गिरी, जितेन्द्र दाश , दिपक चौधरी, राम प्रवेशकुमार गुप्ता,सरोज ढकाल, सन्तोष श्रेष्ठ, दिपेन्द्र बस्नेत, अन्ज्योती लाल पण्डित, सिताराम कार्की निर्वाचित भएका छन् । सल्लाहाकारमा भने रबिन्द्र नकर्र्मी र गोबिन्द भट्टराईलाइ चयन गरेको छ ।
अटोमेकानिक्सहरुको हकहित र संरक्षणका लागी काम गर्ने उद्देश्य सहित गठन भएको नाटुको देशभर संगठन विस्तार भएको छ । यो संस्थाले मेकानिक्सहरुको सिप तथा क्षमता अभिवृद्धी गर्न विभिन्न तालिम तथा सेमिनारको आयोजना गर्दै आइरहेको छ । साथै मेकानिक्सहरुको हकहित र श्रमसंग जोडिएका विविध विषयमा वकालत समेत गर्दै आइरहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...