गुडबाई २०७७, ह्याप्पी न्यु इयर २०७८ : यस्तो रह्यो अटोमोबाइलमा वर्ष २०७७

वर्ष २०७७ लाग्दै गर्दा नेपालमा मात्र होइन, विश्वभर नै कोरोनाको कहर फैलिन थालेको थियो । नेपालमा समेत २०७६ सालको चैत ११ देखि नै पूर्ण रुपमा लकडाउन घोषणा गरिएको थियो । सो लकडाउन विभिन्न अवस्थामा करिब ६ महिना सम्मै रह्यो । यसले गर्दा नेपाली अटोमोबाइल क्षेत्रमा नयाँ गाडी वा बाइक भित्रिने क्रम नयाँ वर्षको प्रारम्भिक अवस्थामा भएन ।

पछि लकडाउन केही खुुकुलो भएर सामाजिक दुरी कायम गरी केही व्यवसाय प्रारम्भ गरियो । यो अवस्थामा नेपाली बजारमा पनि नयाँ गाडी र बाइक भित्रिने क्रम प्रारम्भ भयो ।

चर्चामा यी कार
यो वर्ष भित्रिएका गाडी मध्ये हुन्डाईको नयाँ क्रेटा र ग्रान्ड आई१० नियोस, निसान म्याग्नाइट, किसा सोनेट र सेल्टोस, सुुजुकी भिटारा ब्रेजा पेट्रोल, फक्सवागन अलस्पेस, पोलो र भेन्टो टीएसआई, रेनो क्विड फेसलिफ्ट, स्कोडा कारोक र ¥यापिड टीएसआई, टाटा अल्ट्रोज, डीएफएसके ग्लोरी आई–अटो, ड्याटसन रेडी गो, फोर्ड इकोस्पोर्ट, टोयोटा कोरोला क्रस, होन्डा सीआर–भी र सिटी आदि, एमजी एचएस, प्रोटोन एक्स ७० आदि चर्चित बने ।

अन्य ब्रान्डका गाडी नेपाली बजारमा पहिले देखि नै उपलब्ध भए पनि यो वर्ष भित्रिएका निसान म्याग्नाइट, किया सेल्टोस र सोनेट, फक्सवागन अलस्पेस, टाटा अल्ट्रोज, स्कोडा ¥यापिड टीएसआई र हुन्डाई क्रेटा आदि नेपाली बजारमा यो वर्ष चर्चित बने । नेपाली उपभोक्ताहरुको रोजाईका लागि यी गाडी कम मूल्यमै उत्कृष्ट सुविधा उपलब्ध भएको गाडीको पहिचान कायम गरे । यी गाडी भारत र अन्य देशमा समेत चर्चित बनेकाले स्वाभाविक रुपमा नेपाली बजारमा पनि चर्चित रहे ।

भित्रिए यी बाइक र स्कुटर
बाइक पारखीहरुका लागि पनि यो वर्ष प्रशस्तै नयाँ मोडल भित्रिए । यामाहाका बिग बाइक बोल्ट, आर६ र स्कुटर टी–म्याक्स बिक्रीका लागि उपलब्ध भए । त्यसैगरी टीभीएसले एबीएस र स्मार्ट कनेक्ट फिचर भएका आरटीआर १६० फोरभी र २०० फोरभी नेपाली बजारमा ल्यायो ।

हिरोका एक्स्ट्रिम १६०आर, हंक १५०आर र अपडेट गरिएको सुपर स्प्लेन्डर बाइक नेपाली बजारमा उपलब्ध भए । बजाज डोमिनार २५०, होन्डा सीबीआर ६०० आरआर, बेनेली १८०एस र ७२०एस आदि यो वर्ष भित्रिए । त्यसैगरी क्रसफायर, क्रसएक्स, सीएफमोटो आदि ब्रान्डका नयाँ बाइक समेत नेपाली बजारमा भित्रिएका छन् ।

स्कुटर सेगमेन्टमा अप्रिलिया एसएक्सआर १६०, यामाहा रे जेडआर १२५ एफआईका साथै धेरै ब्रान्डका अपग्रेडेड मोडलका स्कुटर नेपाली बजारमा भित्रिए । यही वर्ष टीभीएस एनटर्क स्कुटर नेपाली बजारमा सबैभन्दा धेरै बिक्री हुने प्रिमियम स्कुटर भएको घोषणा गरियो । टीभीएस एनटर्क स्क्वाड एडिसनले पनि निकै नै चर्चा पाएको छ ।

नयाँ ब्रान्डको लहर
यो वर्ष धेरै नयाँ ब्रान्डका गाडी र बाइक नेपाली बजारमा भित्रिएका छन् । गाडीमा बीएमडब्ल्यु, बगवार्ड, प्रोटोन आदि ब्रान्ड भित्रिएका छन् । विश्व बजारमा प्रिमियम मानिने यी ब्रान्डका गाडीको मूल्य १ करोड रुपैयाँ भन्दा बढी नै पर्छ । त्यसैगरी बाइकमा जावा, किवे, कासाका, हस्कभर्ना आदि ब्रान्ड भित्रिए ।

इलेक्ट्रिकमा एक पछि अर्को नयाँ ब्रान्ड
इलेक्ट्रिक गाडी र बाइक पनि यो वर्ष निकै नै भित्रिएका छन् । गाडीतर्फ दीगो, डेरी आदि ब्रान्ड भित्रिएका छन् भने स्कुटरतर्फ प्योर ईभी, टेलजी, सुपर सोको, लेभनिङ, जिमोपाई, लुआन आदि ब्रान्ड भित्रिएका छन् । विश्वमा इलेक्ट्रिक सवारीतर्फको आकर्षण बढिरहेको समयमा नेपाली बजारमा पनि यस्ता सवारी भित्रिने क्रम बढ्दो छ ।

कोभिड महामारीका कारण विश्व नै आक्रान्त बनिरहेको समयमा नेपाली बजार पनि अछुतो हुने कुरै भएन । यद्यपि लकडाउन पश्चात चाडपर्व र अन्य कारणले इन्ट्री लेवलका गाडी र बाइक वा स्कुटरको बिक्री भने सन्तोषजनक भयो । यद्यपि इलेक्ट्रिक सवारी, त्यसमा पनि चारपांग्रे इलेक्ट्रिक सवारी व्यवसायीहरु भने अलि निरास नै बने ।

गत वर्ष प्रस्तुत गरिएको बजेटले इलेक्ट्रिक सवारी साधनको करमा वृद्धि गरेकाले यस्ता सवारी साधनको मूल्य एकैपटक ह्वात्तै बढ्न पुग्यो । विश्वभर इलेक्ट्रिक सवारी साधनमा सरकारले विशेष सहुलियत दिइरहेको समयमा नेपालमा भने ठिक उल्टो भएको छ । पछिल्लो पटक त्यस्तो करमा केही परिमार्जन गरिएको भए पनि अझै पनि व्यवसायी र ग्राहकहरु उत्साहित बन्न सकेका छैनन् ।

नयाँ वर्ष २०७८ लाग्दै गर्दा यो वर्ष अन्य क्षेत्रका साथै अटोमोबाइल क्षेत्रमा पनि केही सकारात्मक वातावरण बन्ने विश्वासमा नेपाली अटोमोबाइल व्यवसायी र ग्राहक रहेका छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...