काठमाडौं – नेपालमा २ सय हाउजे बाइक बिक्री भएको उपलक्ष्यमा आयोजना गरिएको हाउजेको अफरोड -याली सम्पन्न भएको छ । गत शनिबार विहान ९ बजे हाउजे शोरुम कमलपोखरीबाट अफरोड -याली सुरु भई ४० किलोमिटर दुरी पार गरी ललितपुरको देउराली टिकाभैरब हुदै पुनः जावलाखेल हाउजेको आधिकारिक सर्भिस सेन्टर आएर -याली अन्त्य भएको थियो ।
-यालीमा सहभागी राइडरलाई खाजा, पेट्रोल, हाउजे ब्रान्ड प्रिन्ट गरेको ज्याकेट पनि उपलब्ध गराइएको थियो । यसका साथै फ्रि चेकअप र वासिङ पनि उपलब्ध गराइएको थियो । नेपालमा हाउजे बाइकको आधिकारिक वितरक कृष्ण इन्टरनेसनल ट्रेडिङ कन्सर्नले सो -याली आयोजना गरेको थियो ।
-यालीको अवसरमा कृष्ण इन्टरनेसनल ट्रेडिङ कन्सर्नका म्यानेजिङ डाइरेक्टर अमर राजकर्णिकारका साथै हाउजे एनके १५० बाइकका पहिलो ग्राहक चन्द्र कुमार डंगोल, महिला राइडर अन्तर्राष्ट्रिय जुडो खेलाडी सुमित्रा राई लगायत ४० जना राइडरको -यालीमा सहभागिता थियो ।
-यालीमा सहभागी मध्ये ३ जना राइडर चन्द्र कुमार डंगोल, राइडर मुकिम थापा र राइडर केशब पोडेले अनुशासन सहित ट्राफिक नियम पालना गरेकोमा पुरस्कृत भएका थिए ।
हाउजे ब्रान्ड नेपाली बजारमा २०७६ सालमा भित्रिएको थियो । कम्पनीले हाल एनके १५०, टिआर १५०, केए १५० मोडलका मोटरसाइकल र भिएस १२५ मोडलका स्कुटर आयात गर्दै आइरहेको छ ।
यी मध्ये सबैभन्दा लोकप्रिय डर्ट सेगमेन्टको बाइक हाउजे एनकेथपेको छ । यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दावी छ ।
हाउजेले सुजुकीसँगको सहकार्यमा चीनमा हाउजे बाइक उत्पादन गर्दै आएको छ । त्यसैले अन्तर्राष्ट्रिय बजारमा यसको तुलना सुजुकीसँग हुने बताइएको छ । सुजुकीले यही स्पेसिफिकेसनको बाइकलाई डीआर १५० ब्रान्ड नेममा बिक्री गरिरहेको छ । इन्डोनेसिया र अन्य देशमा यी बाइक निकै नै लोकप्रिय छन् ।