ह्याकरले टाढैबाट खोले टेस्ला कारको ढोका, पाए ३१,५०० डलर

साइबर अनुसन्धानकर्मी राफल फिलिप र बेनेडिक्ट स्मोजलले टेस्लाको ‘मोडल एक्स’ कारमा कमजोरी रहेको पत्ता लगाएका छन् । उनीहरुले दुई वटा ड्रोन र वाईफाई डंगोलको सहयोगले पार्किङमा राखेको टेस्ला कारको ढोका खोल्न सफल भएका छन् ।

यद्यपि यो घटना अहिलेको होइन । उनीहरुले गत वर्षको अक्टोबरमै यो कमजोरी पत्ता लगाएका थिए । टेस्लाले उनीहरुलाई पुरस्कृत समेत गरेको र उक्त कमजोरी समाधान गरी नयाँ भर्सनको सफ्टवेयर अपडेट उपलब्ध गराइसकेको जनाएको छ । उनीहरुले यसवापत ३१ हजार ५ सय डलर प्राप्त गरेकोे बताएका छन् ।

यो कुराको जानकारी हालै सम्पन्न क्यानसेक वेस्ट कन्फ्रेन्समा सार्वजनिक गरिएको हो । उनीहरुले वाइफाईको माध्यमबाट यो कार्य गरेको र यसलाई टीबोन ह्याक नाम दिइएको बताएका छन् ।

उनीहरुले नेटवर्क कनेक्सन म्यानेज गर्ने इन्टेलको ओपन सोर्स सफ्टवेयर कोन म्यानमार्फत रोडमा कुदिरहेको टेस्ला गाडीको ढोका खोल्न सफल भएका हुन् । यतिसम्म कि उनीहरुले सिटको पोजिसन परिवर्तन गर्नेसम्मको काम ड्रोनबाटै गर्न सफल भए ।

उनीहरुका अनुसार ड्रोनबाटै एउटा ड्राइभरले कन्सोलमा रहेको बटन चलाएर जे गर्न सक्छ, त्यो सबै ड्रोनबाटै गर्न सकिने खालको कमजोरी फेला पारेका हुन् ।

सम्बन्धित समाचारहरू

विवाइडी कार किन्नेलाई १२.९९ प्रतिशत व्याजदरमा नविल वैंकले कर्जा दिने

विवाइडी कार किन्नेलाई १२.९९ प्रतिशत व्याजदरमा नविल वैंकले कर्जा दिने

विवाइडी व्रान्डका इलेक्ट्रिक कार किन्ने ग्राहकलाई नविल वैंकले सहज रुपमा...

बीवाईडीकाे प्रिमियम सब–ब्रान्ड याङवाङद्वारा ‘यू९’ सुपरकार सार्वजनिक

बीवाईडीकाे प्रिमियम सब–ब्रान्ड याङवाङद्वारा ‘यू९’ सुपरकार सार्वजनिक

बीवाईडीले आफ्नो पहिलो प्रिमियम सब–ब्रान्डअन्तर्गतको सम्पूर्ण...

अल्ट्राभायोलेटले ल्यायो फुल चार्जमा १६५ किलोमिटर रेन्ज दिने नयाँ अफ-रोड बाइक

अल्ट्राभायोलेटले ल्यायो फुल चार्जमा १६५ किलोमिटर रेन्ज दिने नयाँ अफ-रोड बाइक

अल्ट्राभायोलेट अटोमोटिभले शकवेभ नामक आफ्नो नयाँ अफ-रोड एन्ड्युरो बाइक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...