गिनिज रेकर्ड होल्डर ब्लुकोर इन्जिनका साथ चांगन हन्टर र एल्सभिन
चांगन अटोको एल्सभिन सेडान र हन्टर पिकअपमा प्रयोग गरिएको ब्लुकोर इन्जिन...
काठमाडौं – ग्रेटवाल मोटर (जिडब्लुएम) नेपालले नयाँ वर्ष २०७९ को अवसरमा ग्राहकहरुको लागि ४ लाख रुपैयाँ सम्मको क्यास डिस्काउन्ट/निःशुल्क एक्सेसोरिज/एक्स्चेन्ज बोनस/निःशुल्क इन्स्योरेन्स/रोड ट्याक्स/स्पट भ्यालुएसन र कुनै पनि जिडब्लुएम गाडीहरुको टेस्ट ड्राइभ गर्दा फ्रिबिजहरु प्रदान गर्ने भएको छ । कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा ल्याएको ‘ग्रेट ड्राइभ ग्रेट डिल’ योजना अन्तर्गत यो अफर प्रदान गर्ने भएको हो । यो योजना हावल एच६, हावल जोलायन, र पोअर गाडीहरुमा उपलब्ध हुनेछ ।
यो अफर आगामी बैशाख ३१ सम्म लागू हुने बताइएको छ । देशभर उपलब्ध बिक्री च्यानलहरु र जिडब्लुएम–नेपालको नेटवर्कहरु मार्फत प्रदान गरिएका सुविधाको फाइदा लिन सकिने बताइएको छ ।
ग्रेटवाल मोटर नेपालले हावल एच६, हावल जोलायन, र पावर जस्ता ग्लोवल मोडेलहरुका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ । जिडब्लुएम–नेपालले आफ्नो बजार विस्तार गर्न अत्याधुनिक मोडलहरु र प्रिमियम सुविधाहरु उपलब्ध गराउँदै भावी पुस्ताको अटोमोटिभ चाहनालाई बढावा दिने बताएको छ ।
विश्वव्यापी बजार अनुसार ग्रेटवाल मोटर ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी हो जसको विश्वबजारमा ८० सब्सिडायरी र अफिलिएटस्हरु रहेका छन् । साथै, यस कम्पनीको कर्मचारी संख्या ७०,००० भन्दा धेरै रहेको छ । विगत ६ वर्ष देखि यस कम्पनीले हरेक साल १० लाख भन्दा धेरै गाडीहरु बिक्री गरिरहेको छ । चीन बाहेक जिडब्लुएमले आफ्ना उत्कृष्ट गाडीहरु ६० भन्दा धेरै राष्ट्रहरुमा ७०० भन्दा धेरै केन्द्रबाट सफलतापूर्वक बिक्री गरिरहेको छ ।
नेपालमा भीजी इम्पेक्स ग्रेटवाल मोटरको आधिकारिक आयातकर्ता हो । वर्षौंदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरुमा अत्याधिक सफलताको आनन्द लिएपछि भि.जी. इम्पेक्स÷ग्रेटवाल मोटर नेपालले यी लोकप्रिय गाडीहरु केही महिना पहिले देखि नेपाली बजारमा उपलब्ध गराइरहेको छ ।
ग्रेटवाल मोटर नेपालले आफ्ना बिक्री र बिक्री पछिको स्तरीय सेवाहरुलाई पनि निरन्तर स्तरोन्नति गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरु थप्दै सेवा सुविधाहरुमा वृद्धि ल्याइरहेको बताएको छ । कम्पनीले उपभोक्ताहरुलाई नयाँ र वृहत सेवाहरु प्रदान गर्ने र नेपालको इलेक्ट्रिक भेइकल इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको समेत बताएको छ ।
चांगन अटोको एल्सभिन सेडान र हन्टर पिकअपमा प्रयोग गरिएको ब्लुकोर इन्जिन...
स्कोडा अटो इन्डियाले भारतीय बजारको लागि नयाँ सब–४ मिटर एसयूभीका लागि...
स्कोडा कुशाक भारतको पुणेस्थित चाकन प्लान्टमा उत्पादन शुरु भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...