ग्रेटवाल मोटरका गाडी किन्दा ४ लाख बराबरको लाभ पाइने

काठमाडौं – ग्रेटवाल मोटर (जिडब्लुएम) नेपालले नयाँ वर्ष २०७९ को अवसरमा ग्राहकहरुको लागि ४ लाख रुपैयाँ सम्मको क्यास डिस्काउन्ट/निःशुल्क एक्सेसोरिज/एक्स्चेन्ज बोनस/निःशुल्क इन्स्योरेन्स/रोड ट्याक्स/स्पट भ्यालुएसन र कुनै पनि जिडब्लुएम गाडीहरुको टेस्ट ड्राइभ गर्दा फ्रिबिजहरु प्रदान गर्ने भएको छ । कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा ल्याएको ‘ग्रेट ड्राइभ ग्रेट डिल’ योजना अन्तर्गत यो अफर प्रदान गर्ने भएको हो । यो योजना हावल एच६, हावल जोलायन, र पोअर गाडीहरुमा उपलब्ध हुनेछ ।

यो अफर आगामी बैशाख ३१ सम्म लागू हुने बताइएको छ । देशभर उपलब्ध बिक्री च्यानलहरु र जिडब्लुएम–नेपालको नेटवर्कहरु मार्फत प्रदान गरिएका सुविधाको फाइदा लिन सकिने बताइएको छ ।

ग्रेटवाल मोटर नेपालले हावल एच६, हावल जोलायन, र पावर जस्ता ग्लोवल मोडेलहरुका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ । जिडब्लुएम–नेपालले आफ्नो बजार विस्तार गर्न अत्याधुनिक मोडलहरु र प्रिमियम सुविधाहरु उपलब्ध गराउँदै भावी पुस्ताको अटोमोटिभ चाहनालाई बढावा दिने बताएको छ ।

विश्वव्यापी बजार अनुसार ग्रेटवाल मोटर ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी हो जसको विश्वबजारमा ८० सब्सिडायरी र अफिलिएटस्हरु रहेका छन् । साथै, यस कम्पनीको कर्मचारी संख्या ७०,००० भन्दा धेरै रहेको छ । विगत ६ वर्ष देखि यस कम्पनीले हरेक साल १० लाख भन्दा धेरै गाडीहरु बिक्री गरिरहेको छ । चीन बाहेक जिडब्लुएमले आफ्ना उत्कृष्ट गाडीहरु ६० भन्दा धेरै राष्ट्रहरुमा ७०० भन्दा धेरै केन्द्रबाट सफलतापूर्वक बिक्री गरिरहेको छ ।

नेपालमा भीजी इम्पेक्स ग्रेटवाल मोटरको आधिकारिक आयातकर्ता हो । वर्षौंदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरुमा अत्याधिक सफलताको आनन्द लिएपछि भि.जी. इम्पेक्स÷ग्रेटवाल मोटर नेपालले यी लोकप्रिय गाडीहरु केही महिना पहिले देखि नेपाली बजारमा उपलब्ध गराइरहेको छ ।

ग्रेटवाल मोटर नेपालले आफ्ना बिक्री र बिक्री पछिको स्तरीय सेवाहरुलाई पनि निरन्तर स्तरोन्नति गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरु थप्दै सेवा सुविधाहरुमा वृद्धि ल्याइरहेको बताएको छ । कम्पनीले उपभोक्ताहरुलाई नयाँ र वृहत सेवाहरु प्रदान गर्ने र नेपालको इलेक्ट्रिक भेइकल इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको समेत बताएको छ ।

सम्बन्धित समाचारहरू

स्कोडाको भारतमा ५ लाख युनिट कार उत्पादन, बिक्रीमा आयो उछाल

स्कोडाको भारतमा ५ लाख युनिट कार उत्पादन, बिक्रीमा आयो उछाल

स्कोडा अटोले भारतमा ५ लाख युनिट कार उत्पादनको नयाँ माइलस्टोन हासिल गरेको छ...

जनवरी २०२२ मा नयाँ स्कोडा कोडियाक लन्च हुने

जनवरी २०२२ मा नयाँ स्कोडा कोडियाक लन्च हुने

स्कोडाले आगामी जनवरी २०२२ मा अपडेटेड कोडियाक ७ सिटर एसयूभी लन्च गर्ने...

पोखरामा खुल्यो जिपको ‘प्रिमियम’ सोरुम

पोखरामा खुल्यो जिपको ‘प्रिमियम’ सोरुम

पोखरा – नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...