फेरारी भन्दा राम्रो सुपरकार निर्माण गर्दै ग्रेटवाल मोटर्स

चिनियाँ अटो निर्माता ग्रेटवाल मोटर्सले नयाँ सुपरकार विकास गर्ने योजना घोषणा गरेको छ । सो नयाँ कार फेरारी एसएफ९० भन्दा राम्रो हुने र आईसीई इन्जिनमा मात्र उपलब्ध हुने जनाइएको छ ।

नयाँ सुपरकारको योजना ग्रेटवाल मोटर्सका प्रमुख प्रविधि अधिकारी वु हुइक्सियाओले चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म वेइबोमा एक अन्तर्वार्तामार्फत खुलासा गरेकी हुन् । उनका अनुसार, नयाँ कार लन्च भएपछि, यो एक आश्चर्यजनक उत्पादन हुनेछ ।

‘हामीले एउटा कार निर्माण गर्नुपर्छ जसले एड्रेनालाईनलाई बढाउँछ र हर्मोन र डोपामाइनको विस्फोट गराउँछ,’ उनले भनिन् । सो नयाँ सुपरकार फेरारीसंग हाल उपलब्ध रहेको ९८५ बीएचपी ट्विन–टर्बो प्लग–इन हाइब्रिड एसएफ९० भन्दा राम्रो हुनेछ ।

नयाँ सुपरकारको इन्जिनको बारेमा कुनै जानकारी सार्बजनिक नगरिएपनि यसमा ४.० लिटर ट्विन–टर्बो भी८ प्रयोग हुनसक्ने अनुमान गरिएको छ । नयाँ सुपरकार विकास गर्नका लागि कम्पनीले अटोमोबाइल विज्ञहरुलाई चीनमा आमन्त्रित गरेको र कार्बन फाइबर पनि विकास गरिरहेको उल्लेख गरिएको छ ।

सम्बन्धित समाचारहरू

रक्सौलको पेट्रोलियम पाइपलाइन चितवनसम्म पुर्‍याउने, सिलगुडीदेखि झापासम्म पनि बनाउने

रक्सौलको पेट्रोलियम पाइपलाइन चितवनसम्म पुर्‍याउने, सिलगुडीदेखि झापासम्म पनि बनाउने

नेपालमा पेट्रोलियम पदार्थ आयातमा पाइप लाइन विस्तार गर्न भारत सहमत भएको छ...

आउने भयो हृदयघातबाट बचाउने इलेक्ट्रिक कार, अर्को वर्ष लन्च हुने सम्भावना

आउने भयो हृदयघातबाट बचाउने इलेक्ट्रिक कार, अर्को वर्ष लन्च हुने सम्भावना

विश्वभर तीव्र गतिमा बढ्दो सडक दुर्घटनाका कारण अहिले सुरक्षित कारको माग...

८ वर्षमा इन्धनबाट संकलन भयो ४० अर्ब सडक मर्मत शुल्क

८ वर्षमा इन्धनबाट संकलन भयो ४० अर्ब सडक मर्मत शुल्क

काठमाडौं – आठ वर्षको अवधिमा इन्धन अर्थात पेट्रोलियम पदार्थबाट सडक मर्मत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...