फेरि बढ्यो मूल्य : एकै पटक पेट्रोलमा २१ र डिजेलमा २७ रुपैयाँ वृद्धि
काठमाडौं – नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ...
चिनियाँ अटो निर्माता ग्रेटवाल मोटर्सले नयाँ सुपरकार विकास गर्ने योजना घोषणा गरेको छ । सो नयाँ कार फेरारी एसएफ९० भन्दा राम्रो हुने र आईसीई इन्जिनमा मात्र उपलब्ध हुने जनाइएको छ ।
नयाँ सुपरकारको योजना ग्रेटवाल मोटर्सका प्रमुख प्रविधि अधिकारी वु हुइक्सियाओले चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म वेइबोमा एक अन्तर्वार्तामार्फत खुलासा गरेकी हुन् । उनका अनुसार, नयाँ कार लन्च भएपछि, यो एक आश्चर्यजनक उत्पादन हुनेछ ।
‘हामीले एउटा कार निर्माण गर्नुपर्छ जसले एड्रेनालाईनलाई बढाउँछ र हर्मोन र डोपामाइनको विस्फोट गराउँछ,’ उनले भनिन् । सो नयाँ सुपरकार फेरारीसंग हाल उपलब्ध रहेको ९८५ बीएचपी ट्विन–टर्बो प्लग–इन हाइब्रिड एसएफ९० भन्दा राम्रो हुनेछ ।
नयाँ सुपरकारको इन्जिनको बारेमा कुनै जानकारी सार्बजनिक नगरिएपनि यसमा ४.० लिटर ट्विन–टर्बो भी८ प्रयोग हुनसक्ने अनुमान गरिएको छ । नयाँ सुपरकार विकास गर्नका लागि कम्पनीले अटोमोबाइल विज्ञहरुलाई चीनमा आमन्त्रित गरेको र कार्बन फाइबर पनि विकास गरिरहेको उल्लेख गरिएको छ ।
काठमाडौं – नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ...
ई१० र ई२० इथानोलको मिश्रित इन्धन हो । जसलाई परम्परागत पेट्रोल र इथानोलको...
काठमाडौं- नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर १५...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...