प्रोटोन ई.मास ७ को सुरक्षा प्रविधिले जित्यो अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौं–प्रोटोनको विद्युतीय एसयूभी ई.मास ७ ले मलेसियामा नोभेम्बर १० मा...
ग्रेटवाल मोटर्सको इलेक्ट्रिक कार ओरा गुड क्याट र अर्को एसयूभी वे कफी०१ ले हालै सम्पन्न यूरो एनक्याप क्र्यास टेष्टमा ५ स्टार रेटिङ हात पारेको छ ।
गाडीको सेफ्टिसंग सम्वन्धित यो टेष्टमा गुड क्याटले वयस्क र वच्चाको सुरक्षामा समान ८३ प्रतिशत तथा सडक प्रयोगकर्ताको सुरक्षामा ७४ प्रतिशत अंक हाँसिल गरेको हो । यो कारले सेफ्टि सिस्टममा ९३ प्रतिशत अंक पाएको थियो । ओरा गुड क्याट केही समययता नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ ।
यसैगरी अर्को एसयूभी वे कफी ०१ ले वयस्कको सुरक्षमा ९१ प्रतिशत, बच्चाकोमा ८७ प्रतिशत र सडक प्रयोगकर्ताको सुरक्षामा ७९ प्रतिशत अंक हाँसिल गर्दै सेफ्टि सिस्टममा ९४ प्रतिशत अंक पाएको थियो ।
ग्रेटवाल नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको ब्राण्ड हो । नेपाली बजारमा यसको हावल, जोलियन र पोर लगायत गाडी उपलब्ध छन् । नेपालका लागी आधिकारिक वितरक भीजी इक्पेक्सले इलेक्ट्रिक कार ओर गुड क्याटलाई समेत नेपाल भित्राएपनि यसको हालसम्म औपचारिक बिक्री प्रारम्भ भने हुन सकिरहेको छैन ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...