भीजी इम्पेक्सद्वारा जीडब्ल्युएम ओरा ०३ इलेक्ट्रिक क्रसओभरको डेलिभरी प्रारम्भ

काठमाडौं – नेपालमा जीडब्ल्युएम अर्थात ग्रेटवाल मोटर्सको आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले बहुप्रतीक्षित इलेक्ट्रिक क्रसओभर ओरा ०३ को डेलिभरी प्रारम्भ गरेको छ ।

गत जेठ ३ देखि बुकिङ प्रारम्भ गरिएको सो रेट्रो–मोर्डनिस्टिक इलेक्ट्रिक क्रसओभरका लागि ग्राहकहरुबाट निकै राम्रो प्रतिक्रिया प्राप्त भइरहेको कम्पनीको भनाइ छ ।

प्रिमियम लेथरेट सिट, पानोरोमिक सनरुफ, पावर एडजस्टेबल ड्राइभर सिट, ड्युअल १७.२५ इन्च इन्टिग्रेटेड डिस्प्ले टच, एडेप्टिभ क्रुज कन्ट्रोल, वायरलेस चार्जर आदि जस्ता आधुनिक सुविधाहरू सहितको यसको टाइमलेस एक्सटेरियर र आकर्षक इन्टेरियरलाई ग्राहकहरूले मन पराइरहेका छन् ।

ओरा ०३ मा ४८ किलोवाट आवरको ब्याट्रीको साथ एनईडीसीका अनुसार ४०० किलोमिटरको प्रभावशाली ड्राइभिङ्ग रेन्ज रहेको छ । सुरक्षाको पक्षमा, ओरा ०३ देशका थोरै विद्युतीय सवारीहरू मध्ये एक हो जसले एनक्याप र युरो एनक्याप दुवैमा फाइभ–स्टार प्राप्त गरेको छ । यसले गर्दा हरेक यात्रामा आत्मविश्वास जगाउने कम्पनीको भनाइ छ ।

ओरा ०३ मा सिक्स ओमनिडायरेक्शनल एयरब्याग, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ३६० डिग्री भ्यू क्यामेरा, अटोमेटिक भेइकल होल्ड, एन्टी–लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम आदि जस्ता सुरक्षा सुविधाहरू छन् ।

भीजी इम्पेक्सले यो भन्दा पहिले नै नेपाली बजारमा ह्यावल एच६, ह्यावल जोलायन, पावर र विंगल५ जस्ता विश्वव्यापी लोकप्रिय मोडल समेत बिक्री–वितरण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

नयाँ ग्राफिक्स र चार्जिङ क्षमता सुधार सहित जनवरी ६ मा लन्च हुँदै एथर ४५० एपेक्स

नयाँ ग्राफिक्स र चार्जिङ क्षमता सुधार सहित जनवरी ६ मा लन्च हुँदै एथर ४५० एपेक्स

एथर इनर्जीले आफ्नो फ्ल्यागशिप इलेक्ट्रिक स्कुटर ’४५० एपेक्स’ जनवरी ६ मा...

बागमती प्रदेश सरकारद्वारा विद्युतीय बस र सुरुङमार्ग निर्माण योजना स्थगित

बागमती प्रदेश सरकारद्वारा विद्युतीय बस र सुरुङमार्ग निर्माण योजना स्थगित

काठमाडौं – पहिलेको सरकारले ल्याएको विद्युतीय बस खरिद गर्ने र...

नियूले लन्च गर्यो २ नयाँ इलेक्ट्रिक स्कुटर, मूल्य २ लाख ५५ हजार र ४लाख ३५ हजार

नियूले लन्च गर्यो २ नयाँ इलेक्ट्रिक स्कुटर, मूल्य २ लाख ५५ हजार र ४लाख ३५ हजार

नियूको २ नयाँ इलेक्ट्रिक स्कुटर अनलाईन प्लेटफर्म दराजमार्फत लन्च गरिएको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...