बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं–जिडब्लूएम (ग्रेटवाल मोटर) नेपालले डिलर नेटवर्क विस्तारलाई तिब्रता दिएको छ । हाल विराटनगर, भरतपुर (नारायणघाट) र बुटवलजस्ता सहरहरूमा आधिकारिक डिलरशिप स्थापना गरिसकेको र यो आर्थिक वर्षको अन्त्यसम्म पोखरा, नेपालगञ्ज, जनकपुर, र बिर्तामोडमा पनि डिलरशिप विस्तार गर्ने योजना बनाएको नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले जनाएको छ ।
यी डिलरशिपहरूले जिडब्लूएम ब्रान्डको लोकप्रिय गाडीहरू हाभल एच६ एसयूभी, जोलियन एसयूभी, पोयर डबल क्याब पिकअप र रेट्रो–आधुनिक ओरा ०३ इलेक्ट्रिक क्रसओभरको अनुभव गराउन मद्दत गराउने जनाइएको छ ।
कम्पनीले निकट भविष्यमा नेपालमा ट्याङ्क ब्रान्ड अन्तर्गत लक्जरी अफ–रोड मोडलहरू प्रस्तुत गर्ने योजना बनाएको छ ।
चिनियाँ अटो निर्माता जिडब्लूएम विश्वभर ८० भन्दा बढी सहायक कम्पनीहरूसँग काम गरिरहेको प्रख्यात अटोमोबाइल कम्पनी हो । कम्पनीले ६ वर्षसम्म लगातार वार्षिक १० लाख भन्दा बढी गाडीहरू बिक्री गर्दै आएको दाबी गरिएको छ ।
भिजी इम्पेक्सले गाडीको बिक्रीसंगै देशभर बिक्री पछिका सेवाहरूलाई विस्तार गर्दै नेपालको अटोमोटिभ क्षेत्रमा योगदान पुर्याइरहेको कम्पनी भनाई छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...