ग्रेटवाल मोटरको हाभल जोलायनलार्ई प्रतिष्ठित एनक्याप २०२२ सेफ्टी रेटिङमा फाइभ–स्टार प्राप्त

ग्रेटवाल मोटर अर्थात जीडब्लुएमको हाभल जोलायनलाई अष्ट्रेलेसियन न्यू कार एसेसमेन्ट प्रोग्राम (एनक्याप) द्वारा अधिकतम फाइभ–स्टार सेफ्टी रेटिङ प्रदान गरिएको छ ।

सो परीक्षणमा जीडब्लुएम हाभल जोलायनलाई विभिन्न सम्भावित दुर्घटनामा जाँच गर्नका साथै उक्त दुर्घटनामा गाडीमा सवार ड्राइभर र यात्रुको सुरक्षाको परीक्षण गरिएको थियो । यसका साथ साथै अरु गाडीहरुसँग ठोकिदा वा पैदलयात्री तथा साइकल चालकहरुको सुरक्षाका लागि पनि मुल्यांकन गरी उक्त रेटिङ प्रदान गरिएको हो ।

एनक्याप सेफ्टी रेटिङ एनक्यापको २०२०–२०२२ प्रोटोकल अन्तर्गत कडा परीक्षण र जाँच पछि दिइएको हो । हाभल जोलायन जीडब्लुएमका गाडीहरुमा यो फाइभ स्टार रेटिङ पाउने तेस्रो गाडी भएको छ” एनक्यापका प्रमुख कार्यकारी अधिकृत, कार्ला हुरवेगले भने । थर्ड जेन हाभल एच सिक्स र जीडब्लुएम पिक–अप क्यानन (केही अन्य अन्तर्राष्ट्रिय बजारहरूमा पावर वा पी – सिरिज पनि भनिन्छ) ले पहिले नै एनक्यापबाट फाइभ स्टार रेटिङ प्राप्त गरिसकेका छन् ।

जीडब्लुएम गाडीले सुरक्षामा दिएको जोड र यस सम्बन्धित सुविधा तथा फिचरहरुका साथ प्रिमियम ड्राइभबिलिटीले विश्वभरका उपभोक्ताको राजाईमा पर्ने विश्वास लिइएको बताएको छ ।

नेपालमा भीजी इम्पेक्स ग्रेटवाल मोटरको आधिकारिक आयातकर्ता हो । वर्षौंदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरुमा अत्याधिक सफलताको आनन्द लिएपछि भीजी इम्पेक्स/ग्रेटवाल मोटर नेपालले यी लोकप्रिय गाडीहरु नेपाल ल्याउन सफल भएको बताएको छ ।

ग्रेटवाल मोटर नेपालले आफ्ना बिक्री र बिक्री पछिको स्तरीय सेवाहरुलाई पनि निरन्तर स्तरोन्नति गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरु थप्दै सेवा सुविधाहरुमा वृद्धि ल्याइरहेको छ । कम्पनीले उपभोक्ताहरुलाई नयाँ र वृहत सेवाहरु प्रदान गर्ने र नेपालको इलेक्ट्रिक भेइकल इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको बताएको छ ।

सम्बन्धित समाचारहरू

एमएडब्लु अर्थमुभर्स बन्यो दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर

एमएडब्लु अर्थमुभर्स बन्यो दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर

काठमाडौं – नेपालको नम्बर १ कन्सट्रक्सन तथा हेभी इक्विपमेन्ट ब्रान्ड...

हुन्डाई क्रेटा र किया सेल्टोको बजारमा जिपको नजर : चाँडै कम मूल्यको एसयूभी लन्च गर्ने

हुन्डाई क्रेटा र किया सेल्टोको बजारमा जिपको नजर : चाँडै कम मूल्यको एसयूभी लन्च गर्ने

हुन्डाई क्रेटा र किया सेल्टोस हाल बजारमा निकै नै लोकप्रिय एसयूभी हुन् । यी...

चांगनको प्रिमियम पिकअप हन्टरको खुल्यो बुकिङ, पहिलो ३० ग्राहकका लागि ७५.५० लाख मूल्य

चांगनको प्रिमियम पिकअप हन्टरको खुल्यो बुकिङ, पहिलो ३० ग्राहकका लागि ७५.५० लाख मूल्य

काठमाडौं – चीनको अग्रणी अटोमोबाइल ब्रान्डले चांगन अटोले आफ्नो प्रिमियम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...