बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपाली बजारमा संसारकै सबैभन्दा सस्तो इलेक्ट्रिक कार ओरा आर१ ल्याउने चर्चामा रहेको ग्रेटवाल मोटर्सको नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्सले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । भीजी इम्पेक्स हालै ग्रेटवाल मोटर्सको नेपालका लागि आधिकारिक वितरक नियुक्त भएको हो ।
ग्रेटवाल मोटर्स (जीडब्ल्युएम) र ग्लोबल इन्टेलिजेन्ट एसयूभी एक्सपर्ट ह्यावलले संयुक्त रुपमा सवारी साधन उत्पादन गर्छन् । गत वर्ष भारतमा सम्पन्न अटो एक्सपोमा यी कम्पनीका सवारी साधन निकै नै चर्चित बनेका थिए । यही समयमा प्रदर्शन गरिएको ओरा आर१ इलेक्ट्रिक कारले धेरैको ध्यान तानेको थियो । त्यही कम्पनीका सवारी साधन अब नेपाली बजारमा समेत उपलब्ध हुने भएका हुन् ।
भीजी इम्पेक्सले जनरल म्यानेजरका साथै सेल्स र सर्भिस डिपार्टमेन्टका विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । भीजी इम्पेक्स नेपालमा विशाल ग्रुप अन्तर्गको कम्पनी हो ।
नेपाली बजारमा अब यो कम्पनीका विंगल, पोअर, जोलियन र एच६ गाडीका साथै ओरा आर१ इलेक्ट्रिक कार उपलब्ध हुने सम्भावना छ । चीनमा १५ वर्ष सम्म ह्यावलका एसयूभी र २२ वर्ष सम्म ग्रेटवालका पिकअप नम्बर १ पोजिसनमा रहेको कम्पनीको भनाइ छ ।
चीनका साथै रसिया, इक्वेडोर, मलेसिया, बुल्गेरिया, ट्युनिसिया र थाइल्यान्डमा यसका प्रोडक्सन प्लान्ट रहेका छन् भने अब भारतमा समेत यसको प्लान्ट आउँदैछ । विश्वका ६० भन्दा बढी देशमा यी सवारी साधन उपलब्ध छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...