जीडब्लुएमले अन्तर्राष्ट्रिय बजारमा एकै पटक बढायो ६२.५९ प्रतिशत बिक्री

ग्रेटवाल मोटर (जीडब्लुएम) ले जुन २०२४ को सेल्स डाटा सार्वजनिक गरेको छ । यस अनुसार जनवरी देखि जुन सम्मको अवधिमा जीडब्लुएमले ५ लाख ५९ हजार ६६९ गाडी बिक्री गरेको छ, जुन गत वर्षको यही अवधिको तुलनामा ७.७९ प्रतिशत बढी हो ।

त्यसैगरी जनवरी देखि जुन सम्मको अवधिमा जीडब्लुएमले २ लाख १ हजार ५ सय युनिट गाडी अन्तर्राष्ट्रिय बजारमा बिक्री गरेको छ । यो गत वर्षको यही अवधिको तुलनामा ६२.५९ प्रतिशत बढी हो । जुन महिनामा मात्रै कम्पनीले ३८ हजार १०४ युनिट गाडी अन्तर्राष्ट्रिय बजारमा बिक्री गरेको छ, जुन मासिक रुपमा हुने ओभरसिज सेल्समा नयाँ रेकर्ड हो ।

पछिल्लो समयमा जीडब्लुएमले अन्तर्राष्ट्रिय स्तरमा तीव्र रुपमा बजार विस्तार गरिरहेको छ । सन् २०२३ मा पहिलो वर्ष भन्दा ८० प्रतिशत बढी अर्थात ३ लाख युनिट बिक्री भएको थियो । लामो समय देखि गरिएको योजना र समयमै गरिने बजार समायोजनमा यसमा भूमिका खेलेको कम्पनीको भनाइ छ ।

सन् २०२२ मा जीडब्लुएमले ‘वान जीडब्लुएम’ ग्लोबल स्ट्राटेजी लन्च गरेको थियो । त्यसैगरी सन् २०२३ मा अन्तर्राष्ट्रिय बजारमा लगानी थप्दै ‘इकोसिस्टम ओभरसिज’ स्ट्राटेजी लिएर सन् २०२४ का लागि ५ लाख युनिट बिक्री गर्ने लक्ष्य तय गरेको छ ।

गत वर्ष जीडब्लुएमका अन्तर्राष्ट्रिय स्तरमा ७ सय डिलरसिप भएकोमा यो वर्ष १ हजार पुगेका छन् । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नका लागि ‘इकोसिस्टम ओभरसिज’ स्ट्राटेजी पनि कायम छ ।

गत जुन २६ मा जीडब्लुएमले उज्वेकिस्तानमा अपरेसन प्लान्ट सञ्चालन गरेको छ भने इन्डोनेसिया, मलेसियामा विभिन्न प्रोजेक्ट चलिरहेका छन् । यो वर्ष समेत यस्ता सुविधा विस्तार हुने क्रममा रहेको कम्पनीको भनाइ छ ।

नेपालमा भीजी इम्पेक्सले जीडब्लुएमका सवारी साधन बिक्री–वितरण गरिरहेको छ । नेपाली बजारमा ह्यावल एच६, ह्यावल जोलायन, पोवर र विंगल ५ पिकअप तथा ओरा ३ ईभी रहेका छन् ।

सम्बन्धित समाचारहरू

सिंगापुरको बजारमा स्लिक डिजाइनयुक्त ईभी डोङफेङ बक्सको प्रवेश

सिंगापुरको बजारमा स्लिक डिजाइनयुक्त ईभी डोङफेङ बक्सको प्रवेश

चाइनिज अटोमोबाइल ब्रान्ड डोङफेङ मोटर्स सिंगापुर प्रवेश गरेको छ ।...

नानोभन्दा सानो इलेक्ट्रिक कार ल्याउँदै भिनफास्ट, एमजी कमेटलाई दिनेछ कडा चुनौती

नानोभन्दा सानो इलेक्ट्रिक कार ल्याउँदै भिनफास्ट, एमजी कमेटलाई दिनेछ कडा चुनौती

भिनफास्टले भारतीय बजारमा आफ्नो दुई नयाँ इलेक्ट्रिक एसयूभी भीएफ६ र भीएफ७...

नयाँ ईभी ब्रान्ड फर्थिङ फ्राइडेमा ५ वर्षे विशेष योजना

नयाँ ईभी ब्रान्ड फर्थिङ फ्राइडेमा ५ वर्षे विशेष योजना

काठमाडौं – नेपालको नयाँ प्रिमियम इलेक्ट्रिक भेइकल फर्थिङ फ्राइडेले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...