ग्रेटवाल मोटर्सको विश्वस्तरिय सर्भिस सेन्टर संचलानमा

ग्रेटवाल ब्रान्डका सवारी साधनमा बिक्री पछिको सेवा उपलब्ध गराउन ललितपुरको चाकुपाटमा विश्वस्तरिय सर्भिस सेन्टर सञ्चालनमा आएको छ । यो नयाँ सेन्टरबाट बिक्रीपछिका सवै सेवा÷सुविधाहरु उपलब्ध हुने नेपालस्थित आधिकारिक वितरक भीजी इम्पेक्सले जनाएको छ ।

१५ हजार स्क्वारफिट भन्दा बढी क्षेत्रफलमा फैलिएको अत्याधुनिक पूर्वाधार सहितको यो सर्भिस सेन्टरले मासिक ६ सय भन्दा बढी गाडीलाई सेवा दिन सक्ने बताइएको छ । सर्भिस सेन्टरसंगै पर्याप्त मौज्दात सहितको स्पेयर पार्टस आउटलेट समेत संचालनमा आएको हो । सेन्टरमा हाई–टेक उपकरण र तालिम प्राप्त प्रविधिक एबं दक्ष तथा अनुभवी टेक्निसियनको व्यवस्था मिलाइएको छ । साथै ग्राहकको सहजताका लागी आरामदायी कस्टुमर लाउन्जको समेत व्यवस्था मिलाइएको छ ।

कम्पनीका उपाध्यक्ष रुपेश शर्मा भट्टका अनुसार यो सर्भिस सेन्टर संचालनमा आएपछि अव उप्रान्त ग्राहकले छिटो छरितो र प्रभावकारी सेवा पाउनेछन् । ‘ग्रेटवाल व्रान्डको गाडी प्रयोग गर्नुहुने ग्राहकलाई गाडीको आयु रहुन्जेल विक्रि पछिको सेवा पाउनेमा निर्धक्क हुने वातवरण वनेको छ । हामी गाडीको स्वमित्व अवधीभर हेरचाह गर्ने सुनिश्चितता व्यक्त गर्दछौ’ उनले भने ।

सर्भिस सेन्टरमा टु र फोर पोष्ट लिफ्ट, ह्विल अलाइनर, व्यालेन्सर, डाइग्नोस्टिक उपकरण लगायत आवश्कक पर्ने अन्य सम्पूर्ण उपकरणहरु जडान गरिएको छ । एउटा आधुनिक र सुविधा सम्पन्न सर्भिस सेन्टरका लागी आवश्यक पर्ने प्राय सम्पूर्ण सुविधाहरु उपलब्ध रहेको सर्भिस उप–महाप्रवन्धक अजित पटेललले बताए । उनका अनुसार एउटा आधुनिक गाडीमा ग्राहकले खोज्ने विश्वस्तरिय सेवा उपलब्ध गराउन सर्भिस सेन्टर सदैव तम्तयार रहनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...