नेपाल आयो नयाँ इलेक्ट्रिक स्कुटर गोभा ५ , आजै १० जना ग्राहकलाई चाबी हस्तान्तरण

इलेक्ट्रिक टु ह्विलर ब्रान्ड नियूको नयाँ स्कुटर गोभा ५ लाई आज नेपाली बजारमा सार्बजनिक गरिएको छ । नेपालका लागी आधिकारिक बितरक इको इन्फिनिटीले आज एक कार्यक्रमको आयोजना गरी सो स्कुटर लन्च गरेको हो । साथै उसले यो स्कुटर खरिद गर्ने १० जना ग्राहकलाई आजै चाबी हस्तान्तरण समेत गरेको छ ।

आधुनिक स्टायलसंगै स्मार्ट डिजाइन थिममा तयार पारिएको यो स्कुटर एकदमै स्टाइलिस देखिएको छ । यो स्कुटरमा कम्पनीले ३२ भोल्ट ४५ एम्पियर आवरको लिथियम आयोन ब्याट्री र ३ हजार वाट क्षमताको मोटर जडान गरेको छ । जसलाई ७ घन्टाभित्र पूर्ण चार्ज गर्न सकिने र एकपटक चार्ज गरेपछि ८५ देखी १ सय किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।

८५ किलोमिटर प्रतिघन्टाको गतिमा हाक्न सकिने यो स्कुटरको दुबै चक्कामा ट्युवलेस टायर र डिस्क ब्रेक जडान गरिएको छ । यसमा रिजेनेरिटिभ ब्रेकिङ सिस्टम समेत उपलब्ध गराइएको छ । यो स्कुटरमा रियर रिफ्लेक्टर, प्रोटेक्टर, स्टेरिङ ह्यान्डलबार लक, राइट ह्यान्ड कम्विनेशन स्विच, फ्रन्ट फेन्डर, राइट रिफ्लेक्टर र भेहिकल आइडेन्टिफिकेसन नम्वर जस्ता फिचर्स दिइएको छ ।

रेड, ह्वाइट र ग्रे गरी कुल तीन कलर अप्सनमा उपलब्ध यसको शुरुवाती मूल्य ३ लाख २५ हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ विशेष फिचरले सुसज्जित टोयोटाको सबैभन्दा सानो इलेक्ट्रिक कार सी प्लस पोड

यस्तो छ विशेष फिचरले सुसज्जित टोयोटाको सबैभन्दा सानो इलेक्ट्रिक कार सी प्लस पोड

जापानी कार निर्माता कम्पनी टोयोटाको सबैभन्दा सानो इलेक्ट्रिक कार सी प्लस...

ग्राहकले पाउन थाले ओमोडा ई५, यस्तो छ फिचर र मूल्य

ग्राहकले पाउन थाले ओमोडा ई५, यस्तो छ फिचर र मूल्य

काठमाडौं – विगत केही समययता प्रतिक्षा गरिँदै आएको इलेक्ट्रिक एसयूभी ओमोडा...

धमाधम डिलर नेटवर्क विस्तारमा सीएफ मोटो र जीहो ब्रान्ड, झम्सिखेलबाट बिक्री प्रारम्भ

धमाधम डिलर नेटवर्क विस्तारमा सीएफ मोटो र जीहो ब्रान्ड, झम्सिखेलबाट बिक्री प्रारम्भ

काठमाडौं – रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सीएफ मोटो र जीहो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...