बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
गुगल म्याप आँफैले अव पार्किङ स्थल पत्ता लगाईदिने भएको छ । गुगलले प्रयोगकर्ताहरूलाई थप तनावमुक्त अनुभव प्रदान गर्न आफ्नो म्याप एप्लिकेसन अपडेट गरेको छ।
रिपोर्टहरूका अनुसार, गुगल म्यापमा नयाँ अपडेटले अब पार्किङका लागि गाडी धनीले खोजिरहेको भवन पत्ता लागउन मद्धत गर्नुको साथै उक्त भवनको प्रवेशद्वार र उनीहरूले आफ्नो सवारी साधन पार्क गर्न सक्ने स्थानलाई समेत हाइलाइट गर्दछ ।
गुगल म्यापको हालको संस्करणले ‘तपाईँको गन्तव्य दायाँमा छ’ जस्ता वाक्यांशहरू मात्र उल्लेख गर्दै आएको छ । तर, नयाँ अपडेटले थप पूर्ण अनुभव प्रदान गर्ने भनिएको छ ।
अपडेट गरिएको फिचरलाई प्रयोगमा ल्याउँदा म्यापले पहिला एपमा भवनलाई उज्यालो बनाउनेछ, त्यसपछि प्रयोगकर्ताहरूले आफ्नो कार छोड्न सक्ने पार्किङ क्षेत्रहरू फेला पार्नेछन् ।
गुगलले नयाँ सुविधालाई ‘गन्तव्य मार्गनिर्देशन’ भनेको छ र आगामी हप्ताहरूमा सबै प्लेटफर्महरूमा उपलब्ध हुने जनाएको छ । एन्ड्रोइड र आईओएस चल्ने स्मार्टफोनको साथै मा एप्पल कारप्ले र एन्ड्रोई अटोमा समते यो फिचर सामेल हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...