जीएसी एवोन वाईको मूल्य बढाउँदै सीजी मोटर्स
काठमाडौं – नेपाली बजारमा केही समय पहिले भित्रिएको जीएसी ब्रान्डको एसयूभी...
काठमाडौं – नेपाली बजारमा चीनमा निर्मित नयाँ इलेक्ट्रिक माइक्रोबस अर्थात ईभी भ्यान भित्रिएको छ । आर्क्स ग्रुुपले पहिले भित्र्याउने भनेर चर्चा भएको ईभी भ्यान अब गोल्डन ड्रागन ब्रान्डमा उपलब्ध हुने भएको हो ।
सो गाडी नेपाल भित्रिसकेको र भन्सार प्रयोजनका लागि मूूल्य समेत सार्वजनिक गरेको कम्पनीको भनाइ छ । यसको मूल्य ५७ लाख रुपैयाँ तोकिएको छ । केही दिनमै औपचारिक रुपमा सो गाडी लन्च गरिने छ ।
सो ईभी भ्यानमा ५०.२३ किलोवाट आवरको सीएटीएल ब्याट्री छ । यसले सिंगल चार्जमा एनईडीसी अनुसार ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । यसमा भएको रिजेन स्विचको प्रयोग गरेर राम्रो माइलेज प्राप्त गर्न सकिन्छ ।
१४ जना यात्रु बस्न मिल्ने सो गाडीको ग्राउन्ड क्लियरेन्स १९० एमएम छ । यसकारण पहाडी सडकमा समेत सहज तरिकाले यात्रा गर्न सकिन्छ । यसमा भएको अलोय ह्विलले यसको पर्फमेन्स र लुकलाई राम्रो बनाएको बताइएको छ ।
गाडीमा सुरक्षाका लागि रियर भ्यु क्यामेरा छ भने गाडीको गतिविधि निगरानी गर्नका लागि एलईडी डिजिटल ड्यासबोर्ड छ ।
विश्वका विभिन्न १२० देशमा निर्यात गर्ने गोल्डन ड्रागनको सो गाडी नेपाली बजारमा आर्क्स ग्रुुपले भित्र्याएको हो । सहज तरिकाले चार्जिङ गर्नका लागि देशका मुुख्य सहरमा चार्जिङ स्टेसन राख्ने कम्पनीको भनाइ छ ।
यसमा ५ वर्ष वा २ लाख किलोमिटर गुड्दा सम्मको वारेन्टी समेत उपलब्ध हुनेछ । त्यसैगरी सवारी साधन किन्न चाहनेका लागि सहज फाइनान्स सुविधा समेत उपलब्ध हुने बताइएको छ ।
काठमाडौं – नेपाली बजारमा केही समय पहिले भित्रिएको जीएसी ब्रान्डको एसयूभी...
नेपाल बिद्युत प्राधिकरणले एकैपटक १५ वटा इलेक्ट्रिक मोटरसाइकल खरिद गरेको छ...
बीवाईडीको लोकप्रिय ह्याचब्याक कार डल्फिनले १० लाख युनिट बिक्री पार गर्दै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...