इलेक्ट्रिक टु ह्विलरमा रेन्ज, चार्जिङ र ब्याट्रीको चिन्ता : यसरी गर्दैछ गोगोरोले समाधान

काठमाडौं– नेपालमा इलेक्ट्रिक टु ह्विलर भित्रिएको निकै लामो समय बितिसकेको छ । केही वर्ष अघिसम्म एकाध ब्रान्डका इलेक्ट्रिक स्कुटर मात्रै उपलब्ध रहेको बजारमा अहिले ७० भन्दा बढी ब्रान्डले उपस्थिति जनाइसकेका छन् । संख्यात्मक हिसावले निकै धेरै ब्रान्ड उपलब्ध भएपनि बजारमा इलेक्ट्रिक स्कुटरको बिक्री भने निकै निराशाजनक छ । जसलाई वर्षमा ५ हजार हाराहारी मात्रै इलेक्ट्रिक स्कुटर भित्रिएको भन्सार विभागको तथ्यांकले प्रष्ट पार्छ ।

पछिल्लो समय मोटरसाइकलकै हाराहारीमा स्कुटर समेत बिक्री हुन थालेपनि इलेक्ट्रिक स्कुटरले बजार लिन नसक्नुका पछाडि विभिन्न कारण छन् । नयाँ प्रविधि भएका कारण पनि इलेक्ट्रिक स्कुटरको प्रयोगमा अभ्यस्त हुन ग्राहकलाई अझै केही समय लाग्न सक्ने देखिन्छ ।

इलेक्ट्रिक स्कुटर किन्ने सोच बनाएका ग्राहकमा अहिले यी साधनले दिने रेन्ज, चार्जिङमा निम्तिन सक्ने समस्या र ब्याट्रीको मूल्यलाई लिएर एक प्रकारको अन्योलता नै सिर्जना भइरहेको छ । बजारमा हाल उपलब्ध अधिकांश स्कुटरले सिंगल चार्जमा ८० किलोमिटर हाराहारी मात्रै रेन्ज दिने कारण ग्राहकले ढुक्क भएर चलाउन सक्ने अवस्था सिर्जना भएको देखिँदैन ।

अर्कोतर्फ, चार्जिङ पूर्बधार पर्याप्त मात्रामा विस्तार नभएका कारण घरमै चार्ज गर्नुको अर्को विकल्प देखिदैन । इलेक्ट्रिक स्कुटर प्रयोग गर्ने अधिकांश राइडरले अहिले रातको समयमा आफ्नै घरमा चार्ज गर्ने र उक्त चार्जले धानेसम्म दिनमा चलाउनुको अर्को समाधान पाएका छैनन् भन्दा फरक पर्दैन । स्कुटर चार्ज गर्नका लागि एकाध बाहेक अधिकांश ब्रान्डले डीसी फास्ट चार्जर नलाएका कारण यस्तो समस्या निम्तिएको हो ।

इलेक्ट्रिक स्कुटर प्रयोग गर्दा पेट्रोलमा लाग्न खर्च जोगिन्छ भने मर्मत सम्भार समेत धेरै गर्नु नपर्ने कारण संचालन खर्च एकदमै कम आउँछ । यसरी जोगाएको रकमलाई उनीहरुले निश्चित अवधिपछि ब्याट्री परिवर्तन गर्दा खर्च गर्नुपर्ने हुन्छ । बजारमा अहिले उपलब्ध अधिकांश ब्रान्डले ब्याट्रीमा २ वर्षसम्मको वारेन्टी दिँदै आएपनि बढीमा ५ वर्षसम्म ब्याट्रीले काम गर्ने देखिन्छ । त्यसपछि ब्याट्री फेर्दा स्कुटरको मूल्यको लगभग आधाजति रकम फेरि जोहो गर्नुपर्ने हुन्छ । जसका लागि ग्राहक तयार भएको पाइदैन ।

इलेक्ट्रिक स्कुटरमा सिफ्ट भैहाल्न नचाहनुको अर्को प्रमुख कारण रिसेल भ्यालु पनि हो । पेट्रोलबाट चल्ने स्कुटरलाई ४÷५ वर्ष चलाएर पछि बिक्री गर्दा पनि राम्रै मूल्य आउँछ भने इलेक्ट्रिक स्कुटरको रिसेल भ्यालु ब्याट्रीको आयु समाप्तीसँगै सक्किने लगभग निश्चित छ । अर्थात भनौ ब्याट्रीको आयु कम भएसँगै यस्ता स्कुटरलाई कौडीको भाउमा बिक्री गर्नुपर्छ भन्ने आम बुझाई छ ।

माथि उल्लेख गरिएका विभिन्न विषयको उचित समाधान नपाएसम्म ग्राहक इलेक्ट्रिक स्कुटरमा गैहाल्ने अवस्था देखिँदैन । ग्राहकका यी चारवटै समस्यालाई समाधान गर्नेगरी नेपालमा पछिल्लो समय ब्याट्री स्वापिङ प्रविधिका साथ गोगोरो भित्रिएको छ । विश्वप्रख्यात ताइवानी स्टार्टअप गोगोरोले मूलतः यी सबै विषयमा देखिएका अन्योलतालाई उचित समाधान दिने देखिन्छ ।

गोगोरोले सञ्चालन गर्ने ब्याट्री स्वापिङ स्टेसनमा पहिले नै चार्ज गरेर राखिएका ब्याट्री हुन्छन् । इलेक्ट्रिक स्कुटर प्रयोगकर्ताले आफ्नो चार्ज सकिएको ब्याट्री निकालेर चार्ज भएको ब्याट्री आफ्नो स्कुटरमा राख्न सक्छन् । यसका लागि लाग्ने आवश्यक रकम सबै अनलाइन रुपमै ट्रान्सफर गर्न सकिन्छ । यही नै ब्याट्री स्वापिङको महत्वपूर्ण कार्य हो । ब्याट्री स्वापिङ स्टेसनमा यसरी ब्याट्री स्वापिङ कार्य गर्दा करिव ६ सेकेन्ड मात्र लाग्ने हुँदा समयको बचतसँगै रेन्जको समेत समस्या हुँदैन ।

ब्याट्री स्वापिङ सुविधा भएका स्कुटरमा ग्राहकले ब्याट्रीको स्वमित्व लिनु नपर्ने कारण यसलाई फेर्दा लाग्ने खर्चको विषयमा समेत चिन्ता लिनु पर्दैन । स्कुटरमा प्रयोग हुने ब्याट्रीको स्वमित्व गोगोरोसँगै हुने कारण ग्राहकले ब्याट्रीमा खर्च हुने ठूलो रकमबाट छुटकारा पाउँछन् । एक प्रकारले हामीले अहिले ग्यास सिलिन्डर फेरेकै शैलीमा गोगोरोको ब्याट्री पनि स्वाप गर्न सकिन्छ ।

स्वपिङ प्रविधि भएका स्कुटर र ब्याट्री दुई अलग कम्पोनेन्ट भएका कारण ग्राहकले यसमा रिसेल भ्यालु समेत उच्च पाउने देखिन्छ । स्कुटरको रिसेल भ्यालुमा ब्याट्रीको कुनै भूमिका नहुने कारण सेकेन्ड ह्यान्ड मार्केटमा स्वापिङ प्रविधि भएका टु– ह्विलरले उच्च मूल्यांकन पाउने सम्भावना रहन्छ ।

नेपाली बजारमा पनि गोगोरोको ब्याट्री स्वापिङ प्रविधि भित्रिसकेको छ । नेपालमा नेबुला मोबिलिटीले गोगोरोको ब्याट्री स्वापिङ प्रविधि भित्र्याएको छ ।

हाल त्रिपुरेश्वर र लाजिम्पाट गरी दुई स्थानमा ब्याट्री स्वापिङ स्टेसन सञ्चालनमा छ । आगामी दसैं सम्ममा काठमाडौं उपत्यकाका विभिन्न ४५ स्थानमा नयाँ स्टेसन स्थापना गर्ने तयारी भइरहेको नेबुला मोबिलिटीको भनाइ छ । त्यसपछि क्रमशः देशका अन्य स्थानमा समेत यस्ता स्टेसन विस्तार गरिने छ ।

सम्बन्धित समाचारहरू

लुयान इलेक्ट्रिक स्कुटरको विन्टर एक्सचेन्ज अफर घोषणा

लुयान इलेक्ट्रिक स्कुटरको विन्टर एक्सचेन्ज अफर घोषणा

लुयान इलेक्ट्रिक स्कुटर ब्रान्डले पुस महिनाको अन्त्यसम्म चल्ने विन्टर...

डल्फिनमा थपियो दुई भरिएन्ट, आयो नयाँ एडिसन

डल्फिनमा थपियो दुई भरिएन्ट, आयो नयाँ एडिसन

बीवाइडीले आफ्नो लोकप्रिय ह्याचब्याक कार डल्फिनको उत्पादन ५ लाख युनिट पुरा...

हरितालिका तीजको अवसरमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको स्किम : १४ गते १४ हजार छुट

हरितालिका तीजको अवसरमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको स्किम : १४ गते १४ हजार छुट

काठमाडौं – नेपालमा लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको बज्र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...