नेपालमा डीएफएसकेका २०२१ मोडल उपलब्ध : ग्लोरी ५६० को बुकिङ खुला

काठमाडौं – नेपालका लागि डीएफएसकेको आधिकारिक वितरक कुजु नेपाल प्रालिले डीएफएसके ग्लोरी ५६० को २०२१ मोडलका लागि बुकिङ खुला गरेको छ ।

डीएफएसकेले हालै भाटभटेनी, टंगालस्थित नयाँ सोरुम स्थापना गरेको र त्यहीबाट यी गाडी बुकिङ गर्न सकिने बताएको छ ।

ग्लोरी ५६० अब म्यानुअल ट्रान्समिसनमा ५ र ७ सिटर तथा सीभीटी ट्रान्समिसनमा ७ सिटर उपलब्ध हुनेछ । यसमा रहेको १.५ लिटर टर्बो पेट्रोल इन्जिनले १५० पीएस पावर र २३० एनएम टर्क प्रदान गर्छ । स्टाइल, स्पेस र सेफ्टीको मामिलामा कुनै चिन्ता लिनु नपर्ने दावी गरिएको यो गाडीमा २ वर्ष सम्म निःशुल्क सर्भिसिङको सुविधा उपलब्ध हुनेछ ।

इन्डोनेसियामा उत्पादन भएको डीएफएसके ग्लोरी ५६० ले ग्लोबल एनक्यापबाट सेफ्टी रेटिङमा ५ स्टार प्राप्त गरेको छ । यसको चारै चक्कामा डिस्क ब्रेक दिइएको छ । १७ इन्चको अलोय ह्वील, एयरव्याग, सिट बेल्ट रिमाइन्डर, एबीएस, इबीडी, इन्जिन इमोविलाइजर, आलर्म सिस्टम, स्पीड सेन्सिङ अटो लक, क्र्यास अटो अनलक जस्ता फिचर यसमा पाउन सकिन्छ ।

ग्लोरी ५६० मा सफ्ट टच ड्यास बोर्ड दिइएको छ भने, ड्यासबोर्डमा ८ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट डिस्प्ले दिइएको छ । रिभर्स क्यामेरा, पुस स्टार्ट/स्टप बटम, किलेस इन्ट्रि जस्ता विशेषता यसमा पाउन सकिने छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...