सेकेन्ड ह्यान्ड ईभी किन्न एनएमबी बैंकले कर्जा दिने, ल्यायो ‘प्रि–ओन्ड ईभी फाइनान्सिङ’ योजना
काठमाडौं – एनएमबी बैंकले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि पुराना...
काठमाडौं– ग्लोवल आईएमई बैंकले अटो लोन अफर ल्याएको छ । सो अफर अन्तर्गत फ्यूल इन्जिन र इलेक्ट्रिक कारमा फरक–फरक ब्याजदर निर्धारण गरिएको छ । फ्यूल इन्जिन गाडीको खरिदमा १०.९९ प्रतिशत र इलेक्ट्रिकमा १०.४९ प्रतिशत फिक्स्ड ब्याजदर निर्धारण गरिएको बैंक स्रोतले जनाएको छ ।
बैंकको देशभर सञ्चालनमा रहेका शाखाबाट ग्राहकले अटोलोन सुविधा पाउनेछन् । ग्राहकले अप्लाई गरेको तीनदिन भित्र लोनको प्रक्रिया टुंगिने बैंकको भनाई छ । बैंक तथा वित्तिय संस्थामा तरलता बृद्धि भएसंगै पछिल्लो समय बाणिज्य बैंकहरुले अटो लोनमा खुकुलो निती लिन थालेका छन् । साथै ब्याजदर समेत क्रमिक रुपमा घट्न थालेको छ ।
बैंकहरुले फ्यूल इन्जिन गाडीमा बढीमा ५० प्रतिशतसम्म र इलेक्ट्रिकमा ८० प्रतिशतसम्म लोन दिन सक्नेछन् । यसरी लिएको कर्जालाई ग्राहकले बढीमा ७ वर्षभित्र चुक्ता हुनेगरी मासिक किस्ताका रुपमा भुक्तानी गर्नुपर्ने हुन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...