नाइमा एक्स्पोमा गाडी किन्नेलाई सस्तो ब्याजदरमा अटो कर्जा, तीन बैंकले ल्याए विशेष स्किम

काठमाडौँ– काठमाडौंको भृकुटीमण्डपमा जारी नाईमा एक्स्पोको मुख्य आकर्षण सहुलियतपूर्ण ब्याजदरमा उपलब्ध हुने सवारी कर्जा रहेको छ । एक्स्पोका बैंकिङ पार्टनरहरू ग्लोबल आईएमई बैंक, एनएमबि बैंक र सिद्धार्थ बैंकले विशेष योजनाहरू सार्वजनिक गरेका छन् ।

ग्लोबल आईएमई बैंकले आधार दर (बेसरेट) ४.७५ प्रतिशतमा ०.५ प्रतिशत प्रिमियम थप गरी मात्र ५.२५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउँने भएको छ ।

एनएमबि बैंकले ५.१८ प्रतिशतको आधार दरमा ०.५ प्रतिशत थप गरी ५.६८ प्रतिशत ब्याजदर तोकेको छ । त्यस्तै, सिद्धार्थ बैंकले ५.१३ प्रतिशतको आधार दरमा १ प्रतिशत थप गरी ६.१३ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने भएको छ ।

अवलोकनकर्ताहरूले गाडीको फिचर, लुक्स र मूल्यका साथै विभिन्न बैंकहरूको प्रतिस्पर्धी ब्याजदर र किस्ताबन्दी सुविधाबारे समेत जानकारी लिइरहेका छन् ।

नेपाल राष्ट्र बैंकको निर्देशनानुसार बैंकहरूले व्यक्तिगत सवारी साधनका लागि मूल्यको ६० प्रतिशतसम्म र यात्रुवाहक (सार्वजनिक) सवारी साधनका लागि ८० प्रतिशतसम्म ऋण उपलब्ध गराइरहेका छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...