घोराही–तुलसीपुर खण्डमा चार लेनको सडक निर्माण सुरु

दाङ- लामो प्रतिक्षापछि घोराही–तुलसीपुर चार लेन सडक निर्माण सुरु भएको छ । छ वर्षअघि सडक कालोपत्र गर्नेगरी ठेक्का लागे पनि ठेकेदार काम नगरी अलपत्र छोड्दा रोकिएको हो । सडक अलपत्र परेपछि आवतजावतमा समस्या, सवारीसाधन सञ्चालनमा सास्ती हुनुका साथै सवारी दुर्घटना पनि बढिरहेको थियो । अहिले सडक निर्माणका लागि श्री दिवा–बन्दना भगवती जेभिसँग ठेक्का सम्झौता गरेपछि यही मङसिर १ गतेदेखि घोरही उपमहानगरपालिका–१० अम्रईबाट काम सुरु गरिएको छ ।

घोराहीको डिके पेट्रोल पम्पबाट तुलसीपुरको हात्तीखौवासम्म चार लेन बनाउने गरी सम्झौता भए पनि पहिलो चरणमा अम्रइगुर्जे खोलाबाट काम सुरु गरिएको कम्पनीका सम्झौता प्रबन्धक सुनिल ढुङ्गानाले बताए। उनका अनुसार सुरुमा दुई वटा जेसिबीले काम सुरु गरेकामा अहिले सवारीसाधनको प्रयोग पनि बढाइएको छ ।

आगामी एक सातापछि आवश्यकताअनुसार मजदुरसमेत थप गरिने प्रबन्धक ढुङ्गानाले जानकारी दिए । “यथाशीघ्र काम सक्ने गरी अगाडि बढिरहेका छौँ । सम्झौता मिति भन्दाअघि सक्ने हाम्रो लक्ष्य छ”, उनले भने, “सोहीअनुसार हामीले काम अघि बढाएका छौँ ।” अहिले माटो ‘फिलिङ्ग’ गर्ने र झाडी फाल्ने काम भइरहेको भन्दै माटो फिलिङ भएसँगै रोलिङ गरेर ग्राभेल राख्ने काम हुने उनले जानकारी दिए।

उक्त सडकको २१ किलोमिटरमा कालोपत्र हुने जिल्लास्थित सडक डिभिजन कार्यालयले जनाएको छ । चौडाइ चार लेनको हुनेछ । बीचबीचमा मेडिएन र दुवैतर्फ दुई÷दुई लेनको हुने उनले बताए । “बजार क्षेत्रमा फुटपाथसहितको चार लेन हुनेछ, भने अन्य स्थानमा चार लेन मात्रै हुनेछ”, उनले भने ।

स्तरोन्नतिका क्रममा सडकको पूरै कालोपत्रको माथिल्लो भाग हटाइनेछ । दुवैतर्फ कटिङ भएको क्षेत्रमा आवश्यक मोटाइमा फिलिङ गरेपछि मात्रै कालोपत्र गर्न सुरु हुने निर्माण कम्पनीको भनाइ छ । चार लेनमा निर्माण गरिने सडकमा कामको सहजताका लागि बेलझुण्डी रङ्गशालाको उत्तरतर्फ रहेको नेपाल संस्कृत विश्वविद्यालयको जग्गामा अस्थायी क्रसर स्थापना गर्ने, पानीका लागि डिपबोरिङ खन्ने, सम्पर्क कार्यालय स्थापन गर्नेलगायत काम भइसकेको सम्झौता प्रबन्धक ढुङ्गानाले जानकारी दिए।

सडक सुधार आयोजनाको मदनभण्डारी राजमार्ग परियोजनाअन्तर्गत ठेक्का सम्झौता भएको थियो । निर्माणको प्राविधिक जिम्मा सडक डिभिजन कार्यालय दाङले पाएको छ । सोही सडकको चौडाइ ३० मिटरको हुनेछ । सडक अस्फाल्ड प्रविधिबाट कालोपत्र हुने कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टले बताए ।

“ढुङ्गा, गिट्टी र बिटुमिनतार मिसाएर कालोपत्र गरिनेछ । यसले सडकलाई थप मजबुत बनाउनेछ । सम्झौता भएको मितिले ३६ महिनामा सक्नेगरी कामलाई तीव्रता दिन ताककेता गर्दै जानेछौँ”, उनले भने ।

गत २४ असारमा श्री दिवा–बन्दना भगवती जेभीसँग सडक स्तरोन्नतिका लागि सम्झौता भएको थियो । भ्याटबाहेक रु दुई अर्ब २४ करोड ५६ लाखमा उक्त सडक चार लेनको बनाउने गरी सम्झौता भएको सडक डिभिजन कार्यालयका प्रमुख विष्टले जानकारी दिए। यसअघि ठेकेदारको लापरबाहीका कारण ठेक्का रद्ध भएपछि विसं २०८१ साउनदेखि नयाँ ठेक्का प्रक्रिया सुरु गरिएको थियो ।

तत्कालीन अवस्थामा अर्थ मन्त्रालयको स्रोत सहमति तथा राष्ट्रिय योजना आयोगको निर्णयानुसार रु तीन करोड ९९ लाख ४९ हजारको बहुवर्षीय ठेक्का गर्ने सहमति भएको थियो । सोही अनुसार मदनभण्डारी राजमार्ग निर्देशनालयबाट लागत अनुमान भएर गत फागुन १ गते बोलपत्र आह्वान भएको थियो ।

उक्त सडकबीचमा पर्ने सेवार खोला, हापुर खोला, ग्वारखोला र कालाखोलामा चार लेनको पुल निर्माणका लागि प्रक्रिया अघि बढिसकेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

यसैबीच सडक डिभिजन कार्यालयले घोराही–तुलसीपुर सडकखण्ड निर्माण भइरहेकाले सुरक्षित तरिकाले सवारीसाधन सञ्चालन गर्नका लागि सबै सवारी चालकलाई एक सूचना जारी गरी अनुरोध गरेको छ ।

सम्बन्धित समाचारहरू

सञ्चालनमा आयो ग्वार्को ‘फ्लाइओभर’

सञ्चालनमा आयो ग्वार्को ‘फ्लाइओभर’

ललितपुर । ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘फ्लाइओभर’ अर्थात ‘ओभरपास’...

सडक सञ्जालमा जोडिए जुम्लाका दुई विकट वडा

सडक सञ्जालमा जोडिए जुम्लाका दुई विकट वडा

जुम्ला – तातोपानी गाउँपालिकाका दुई वडा सडक सञ्जालमा जोडिएका छन् ।...

मनसुनमा आफ्नो इलेक्ट्रिक स्कुटरलाई यसरी हेरचाह गर्नुहोस्

मनसुनमा आफ्नो इलेक्ट्रिक स्कुटरलाई यसरी हेरचाह गर्नुहोस्

पछिल्ला केही वर्षयता इलेक्ट्रिक सवारी साधनको माग बढेको छ । तर, इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...