कति लाग्छ चार्ज गर्दा शुल्क ? घिसिङले भने – निजी क्षेत्रले लिने बढी शुल्क नियन्त्रण गर्छौ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रले सञ्चालन गरेका चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गर्ने बताएका छन् । 

मंगलबार नेपाल विद्युत प्राधिकरणले काठमाडौंको रत्नपार्कमा मंगलवारदेखि सञ्चालनमा ल्याएको चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले निजी क्षेत्रका चार्जिङ स्टेशनले १५ रुपैयाँसम्म चार्ज शुल्क लिने गरेको पाइएकोले प्राधिकरणले तोकेबमोजिम हुनुपर्ने बताए । 

कार्यकारी निर्देशक घिसिङले देशभर ५१ वटा चार्जिङ स्टेसन बनाउने तयारीमा लागेको बताए । उनले देशका विभिन्न क्षेत्रमा विद्युतीय चार्जिङ स्टेसन बनाउनको लागि प्राधिकरणले निजी क्षेत्रलाई पनि सहमति दिने बताए । घिसिङले निजी क्षेत्रले बनाएका स्टेसनमा प्राधिकरणले भन्दा २० प्रतिशत थप गरेर शुल्क लिन पाउने पनि बताए । 

उनले रत्नपार्कको चार्जिङ स्टेशन १२० किलोवाट डिसि क्षमता रहेको बताए । उनले विद्युतीय सवारी एक घण्टाभित्र चार्ज पूर्ण गर्न सकिने पनि बताए । चार्जिङ स्टेसनमा विद्युतीय सवारी चार्ज गर्दा औसत प्रति किलोमिटरमा ७० पैसा लाग्ने उनको भनाई छ । 

घिसिङले माइक्रोबसमा ९० पैसा र ठूला बसहरुमा १ रुपैयाँ २० पैसा लाग्ने बताए । उनले चार्जिङ स्टेसनमा समय अनुसार फरक –फरक राती पिक समयमा ८.७० पैसा ,रातीको समयमा ५ रुपैयाँ ५ पैसा र बिहानदेखि दिउँसो चार्ज गर्दा ६ रुपैयाँ ९० पैसा निर्धारण गरेको बताए । उनले विद्युतीय बस तथा माइक्रोबसको चार्जिङ सस्तो भएपछि भाडा पनि सस्तो हुनुपर्ने भन्दै अहिले महँगो रहेको भाडालाई पनि नियन्त्रण गर्ने बताए । उनले विगतमा विद्युतीय चार्जिङ स्टेसनको कुरा सोच्न पनि नसक्ने अवस्थामा रहेको तर अहिले चार्जिङ स्टेसन बनाउने अवस्थामा आउनु विद्युतीय क्षेत्रमा ठूलो परिर्वतन भएको बताए । 

‘रत्नपार्कमा चार्जिङ स्टेसन जस्तै देशभर ५१ वटा चार्जिङ स्टेसन बनाउँछौं । यो स्टेसनमा बाहिरबाट आउनेहरुको लागि पनि खुला गर्छौं । देशभर यस्तै चार्जिङ स्टेसन बनाउनेछौं । निजी क्षेत्रलाई पनि विद्युतीय चार्जिङ स्टेसन राख्न इच्छा हुनेहरुलाई प्राधिकरणले सहमति दिन्छ । प्राधिकरणको भन्दा २० प्रतिशत थप गरेर निजी क्षेत्रले लिन सक्नुहुन्छ ।  यो स्टेसनको १२० किलोवाट डिसि क्षमता हो । विद्युतीय सवारीको एक घण्टा भित्र चार्ज पूर्ण गर्न सकिन्छ । यो स्टेसनमा २ वटा डिसि र एक वटा एसी चार्जर रहेको छ ।’ उनले भने, ‘चार्जिङ स्टेसनमा विद्युतीय सवारी चार्ज गर्दा औषत प्रति किलोमिटरमा ७० पैसा लाग्छ । जबकी डिजेल  र पट्रोलमा २० रुपैयाँ लाग्छ । माइक्रोबसमा ९० पैसा र ठूला बसहरुमा १ रुपैयाँ २० पैसा लाग्छ । चार्जिङ स्टेसनमा समय अनुसार फरक –फरक शुल्क लाग्छ । राति पिक समयमा ८.७० पैसा ,रातीको समयमा ५ रुपैयाँ ५ पैसा र बिहानदेखि दिउँसो चार्ज गर्दा ६ रुपैयाँ ९० पैसा रहेको छ । यो धेरै सस्तो रहेको छ । निजी क्षेत्रले २० प्रतिशतसम्म सर्भिस चार्ज जोडेर बनाउन सक्नु हुन्छ ।’ 

उनले थपे- ‘अहिले निजी क्षेत्रले धेरै ठाउँमा राखेका चार्जिङ स्टेसनहरु अनियन्त्रित छ । बढी नै शुल्क लिएको छ । १५ रुपैयाँ लिदाँ पनि १५ गुणा नै अन्य भन्दा सस्तो छ । तर त्यो शुल्कलाई  नियन्त्रण गर्छौं । प्राधिकरणले सस्तोमा दिएपछि सस्तोमा दिनुपर्छ । विद्युतीय बस तथा माइक्रोबसको चार्जिङ सस्तो भएपछि भाडा पनि सस्तो हुनुपर्छ । भाडा पनि एउटै राखेको पाएका छौं । विद्युतीय सवारीमा चढेको भाडा पनि सस्तो हुनुपर्छ । बिस्तारै त्यसलाई पनि नियन्त्रण गर्छौं । हिजोसम्म  विद्युतीय चार्जिङ स्टेसनको कुरा सोच्न समेत सक्ने थिएनौं । यो ठूलो परिर्वतन हो ।’ 

प्राधिकरणको चार्जिङ स्टेसन पूर्वाधार विकास आयोजनाअनुसार पहिलो चरणमा राखिने ५१ वटा चार्जिङ स्टेसन धमाधम जडानको काम भइरहेको छ । चार्जिङ स्टेसन जडानका लागि सिभिल पूर्वाधार निर्माणको काम लगभग सकाएर जडान भइरहेको बताएको छ । केही समयभित्रै ५१ वटै स्थानमा चार्जिङ स्टेसन जोडिसक्ने प्राधिकरणको लक्ष्य छ । 

प्राधिकरणले देशभरका राजमार्ग र मुख्य शहरका बसपार्क, सार्वजनिक जग्गा लगायतका स्थानमा चार्जिङ स्टेसन जडान गर्न लागेको हो ।  विद्युत खपत प्रवद्र्धन गर्नका लागि विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्यले देशका प्रमुख शहर तथा राजमार्गहरुमा द्रुत सवारी चार्जिङ स्टेसनहरुको स्थापना गर्ने अभियानमा प्राधिकरण रहेको छ । प्राधिकरणले नेपालमै पहिलो पटक सरकारी तहबाट विद्युतीय गाडी चार्ज गर्नका लागि स्टेसन सञ्चालनमा ल्याएको हो । चार्जिङ स्टेसनमा एकै पटक ३ वटा सवारी चार्ज गर्न मिल्नेछ ।

सम्बन्धित समाचारहरू

३० प्रतिशत डाउनपेमेन्टमै रिभोल्ट बाइक किन्न पाइने

३० प्रतिशत डाउनपेमेन्टमै रिभोल्ट बाइक किन्न पाइने

रिभोल्ट मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमभी दुगड ग्रुपले नाइमा...

३२ भन्दा बढी देशमा सफलता हासिल गरेको जीएसी मोटर्स नेपालमा

३२ भन्दा बढी देशमा सफलता हासिल गरेको जीएसी मोटर्स नेपालमा

सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड जीएसी मोटर्स नेपालमा...

नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक स्कुटर, कसको माइलेज कति ?

नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक स्कुटर, कसको माइलेज कति ?

इलेक्ट्रिक स्कुटरको मागमा खासै वृद्धि हनु नसके पनि नेपालमा नयाँनयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...