कति लाग्छ चार्ज गर्दा शुल्क ? घिसिङले भने – निजी क्षेत्रले लिने बढी शुल्क नियन्त्रण गर्छौ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रले सञ्चालन गरेका चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गर्ने बताएका छन् । 

मंगलबार नेपाल विद्युत प्राधिकरणले काठमाडौंको रत्नपार्कमा मंगलवारदेखि सञ्चालनमा ल्याएको चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले निजी क्षेत्रका चार्जिङ स्टेशनले १५ रुपैयाँसम्म चार्ज शुल्क लिने गरेको पाइएकोले प्राधिकरणले तोकेबमोजिम हुनुपर्ने बताए । 

कार्यकारी निर्देशक घिसिङले देशभर ५१ वटा चार्जिङ स्टेसन बनाउने तयारीमा लागेको बताए । उनले देशका विभिन्न क्षेत्रमा विद्युतीय चार्जिङ स्टेसन बनाउनको लागि प्राधिकरणले निजी क्षेत्रलाई पनि सहमति दिने बताए । घिसिङले निजी क्षेत्रले बनाएका स्टेसनमा प्राधिकरणले भन्दा २० प्रतिशत थप गरेर शुल्क लिन पाउने पनि बताए । 

उनले रत्नपार्कको चार्जिङ स्टेशन १२० किलोवाट डिसि क्षमता रहेको बताए । उनले विद्युतीय सवारी एक घण्टाभित्र चार्ज पूर्ण गर्न सकिने पनि बताए । चार्जिङ स्टेसनमा विद्युतीय सवारी चार्ज गर्दा औसत प्रति किलोमिटरमा ७० पैसा लाग्ने उनको भनाई छ । 

घिसिङले माइक्रोबसमा ९० पैसा र ठूला बसहरुमा १ रुपैयाँ २० पैसा लाग्ने बताए । उनले चार्जिङ स्टेसनमा समय अनुसार फरक –फरक राती पिक समयमा ८.७० पैसा ,रातीको समयमा ५ रुपैयाँ ५ पैसा र बिहानदेखि दिउँसो चार्ज गर्दा ६ रुपैयाँ ९० पैसा निर्धारण गरेको बताए । उनले विद्युतीय बस तथा माइक्रोबसको चार्जिङ सस्तो भएपछि भाडा पनि सस्तो हुनुपर्ने भन्दै अहिले महँगो रहेको भाडालाई पनि नियन्त्रण गर्ने बताए । उनले विगतमा विद्युतीय चार्जिङ स्टेसनको कुरा सोच्न पनि नसक्ने अवस्थामा रहेको तर अहिले चार्जिङ स्टेसन बनाउने अवस्थामा आउनु विद्युतीय क्षेत्रमा ठूलो परिर्वतन भएको बताए । 

‘रत्नपार्कमा चार्जिङ स्टेसन जस्तै देशभर ५१ वटा चार्जिङ स्टेसन बनाउँछौं । यो स्टेसनमा बाहिरबाट आउनेहरुको लागि पनि खुला गर्छौं । देशभर यस्तै चार्जिङ स्टेसन बनाउनेछौं । निजी क्षेत्रलाई पनि विद्युतीय चार्जिङ स्टेसन राख्न इच्छा हुनेहरुलाई प्राधिकरणले सहमति दिन्छ । प्राधिकरणको भन्दा २० प्रतिशत थप गरेर निजी क्षेत्रले लिन सक्नुहुन्छ ।  यो स्टेसनको १२० किलोवाट डिसि क्षमता हो । विद्युतीय सवारीको एक घण्टा भित्र चार्ज पूर्ण गर्न सकिन्छ । यो स्टेसनमा २ वटा डिसि र एक वटा एसी चार्जर रहेको छ ।’ उनले भने, ‘चार्जिङ स्टेसनमा विद्युतीय सवारी चार्ज गर्दा औषत प्रति किलोमिटरमा ७० पैसा लाग्छ । जबकी डिजेल  र पट्रोलमा २० रुपैयाँ लाग्छ । माइक्रोबसमा ९० पैसा र ठूला बसहरुमा १ रुपैयाँ २० पैसा लाग्छ । चार्जिङ स्टेसनमा समय अनुसार फरक –फरक शुल्क लाग्छ । राति पिक समयमा ८.७० पैसा ,रातीको समयमा ५ रुपैयाँ ५ पैसा र बिहानदेखि दिउँसो चार्ज गर्दा ६ रुपैयाँ ९० पैसा रहेको छ । यो धेरै सस्तो रहेको छ । निजी क्षेत्रले २० प्रतिशतसम्म सर्भिस चार्ज जोडेर बनाउन सक्नु हुन्छ ।’ 

उनले थपे- ‘अहिले निजी क्षेत्रले धेरै ठाउँमा राखेका चार्जिङ स्टेसनहरु अनियन्त्रित छ । बढी नै शुल्क लिएको छ । १५ रुपैयाँ लिदाँ पनि १५ गुणा नै अन्य भन्दा सस्तो छ । तर त्यो शुल्कलाई  नियन्त्रण गर्छौं । प्राधिकरणले सस्तोमा दिएपछि सस्तोमा दिनुपर्छ । विद्युतीय बस तथा माइक्रोबसको चार्जिङ सस्तो भएपछि भाडा पनि सस्तो हुनुपर्छ । भाडा पनि एउटै राखेको पाएका छौं । विद्युतीय सवारीमा चढेको भाडा पनि सस्तो हुनुपर्छ । बिस्तारै त्यसलाई पनि नियन्त्रण गर्छौं । हिजोसम्म  विद्युतीय चार्जिङ स्टेसनको कुरा सोच्न समेत सक्ने थिएनौं । यो ठूलो परिर्वतन हो ।’ 

प्राधिकरणको चार्जिङ स्टेसन पूर्वाधार विकास आयोजनाअनुसार पहिलो चरणमा राखिने ५१ वटा चार्जिङ स्टेसन धमाधम जडानको काम भइरहेको छ । चार्जिङ स्टेसन जडानका लागि सिभिल पूर्वाधार निर्माणको काम लगभग सकाएर जडान भइरहेको बताएको छ । केही समयभित्रै ५१ वटै स्थानमा चार्जिङ स्टेसन जोडिसक्ने प्राधिकरणको लक्ष्य छ । 

प्राधिकरणले देशभरका राजमार्ग र मुख्य शहरका बसपार्क, सार्वजनिक जग्गा लगायतका स्थानमा चार्जिङ स्टेसन जडान गर्न लागेको हो ।  विद्युत खपत प्रवद्र्धन गर्नका लागि विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्यले देशका प्रमुख शहर तथा राजमार्गहरुमा द्रुत सवारी चार्जिङ स्टेसनहरुको स्थापना गर्ने अभियानमा प्राधिकरण रहेको छ । प्राधिकरणले नेपालमै पहिलो पटक सरकारी तहबाट विद्युतीय गाडी चार्ज गर्नका लागि स्टेसन सञ्चालनमा ल्याएको हो । चार्जिङ स्टेसनमा एकै पटक ३ वटा सवारी चार्ज गर्न मिल्नेछ ।

सम्बन्धित समाचारहरू

अब बागलुङ- पोखरा विद्युतीय माइक्रोबस

अब बागलुङ- पोखरा विद्युतीय माइक्रोबस

बागलुङदेखि पोखराका लागि विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा ल्याइएको छ ।...

क्रसफायरले घटायो ३ मोडलका बाइकको मूल्य, एउटै बाइकमा घट्यो ७१ हजार रुपैयाँ

क्रसफायरले घटायो ३ मोडलका बाइकको मूल्य, एउटै बाइकमा घट्यो ७१ हजार रुपैयाँ

काठमाडौं – क्रसफायर बाइकको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल्स...

के नाडा अटो शोको विकल्प वन्न सक्छ ईभी शो ?

के नाडा अटो शोको विकल्प वन्न सक्छ ईभी शो ?

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले हरेक वर्ष आयोजना गर्दै आइरहेको अटो शो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...