विद्युतीय स्कुटर भाडामा दिएर १ हजार युवालाई स्वरोजगार बनाइने
काठमाडौं–नेपालमा बढ्दो बेरोजगारी समस्या र प्रविधियुक्त यातायात...
चिनियाँ अटो निर्माता कम्पनी जिली होल्डिङ ग्रुपले सन् २०३० सम्म विश्वभर ६५ लाखभन्दा बढी सवारीसाधन बिक्री गर्ने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ। विश्वका शीर्ष पाँच अटो निर्माता कम्पनीको रुपमा आफूलाई स्थापित गर्ने उद्देश्यसहित जिलीले स्थापित अन्तर्राष्ट्रिय ब्रान्डहरूसँग कडा प्रतिस्पर्धा गर्ने रणनीति अघि सारेको हो।
कम्पनीका अनुसार दशकको अन्त्यसम्म कुल बिक्रीको करिब एक तिहाइ हिस्सा विदेशी बजारबाट आउने अपेक्षा गरिएको छ। सो अवधिमा जिलीको वार्षिक आम्दानी १ ट्रिलियन युआन अर्थात करिब १४३.६ अर्ब अमेरिकी डलर नाघ्ने अनुमान गरिएको छ। यो लक्ष्य हासिल भएमा जिली विश्वका ठूला अटोमोबाइल समूहहरू हुन्डाई मोटर ग्रुप र स्टेलान्टिसको श्रेणीमा उभिनेछ।
चिनियाँ ईभी निर्माता कम्पनी बीवाईडीको सबैभन्दा नजिकको प्रतिस्पर्धी मानिने जिलीले आफ्नो स्वामित्वमा रहेका जिली अटो, जिकर र भल्भो लगायत सबै ब्रान्डको संयुक्त बिक्री सन् २०२५ मै वार्षिक ४० लाख युनिट नाघ्ने अपेक्षा गरेको छ। यसले जिलीलाई विश्वका सातौँ ठूलो अटो निर्माता कम्पनीको स्थानमा पु¥याउनेछ।
गत वर्ष चीनमा जिलीले फक्सवागनलाई उछिन्दै बिक्रीमा अघि बढेको थियो । तीव्र रुपमा बजार विस्तार गरिरहेका चिनियाँ अटो निर्माता कम्पनीहरु मध्ये जिलीले पनि आफूलाई अग्रस्थानमा उभ्याउन सफल भएको छ । विशेषगरी दक्षिणपूर्वी एशिया र ल्याटिन अमेरिका जस्ता तीव्र वृद्धि भएका बजारहरूमा चिनियाँ ब्रान्डहरूले आक्रामक रणनीति अपनाइरहेका छन्।
जिलीले आफ्नो विस्तार योजनाअन्तर्गत ए देखि ई– क्लाससम्मका न्यु इनर्जी भेइकल अर्थात एनईभीका लागि साझा प्लेटफर्म र आर्किटेक्चर विकास गर्ने जनाएको छ। यसबाट आरएन्डडीमा लाग्ने समय छोट्याउने र प्रति मोडल उत्पादन लागत ३० प्रतिशतभन्दा बढी घटाउने लक्ष्य लिएको छ।
अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै जिलीले रेनो ग्रुपसहितका विश्वव्यापी अटोमेकरहरूसँग सहकार्यसमेत विस्तार गरेको छ। यी साझेदारीमार्फत जिलीका प्लेटफर्म प्रयोग गरी विदेशी बजारका लागि सवारीसाधनको सह–विकास तथा उत्पादन गरिने कम्पनीले जनाएको छ।
चिनियाँ अटोमोबाइल उद्योगको तीव्र विकास र विस्तारसँगै जिलीको यो रणनीतिले आगामी वर्षहरूमा विश्व अटोमोबाइल बजारको शक्ति सन्तुलन परिवर्तन गर्न सक्ने विश्लेषकहरूको भनाइ छ।
काठमाडौं–नेपालमा बढ्दो बेरोजगारी समस्या र प्रविधियुक्त यातायात...
काठमाडौं– सरकारले विद्युतीय सवारी साधन (इभी) र हाइब्रिड कारको कर यथावत...
काठमाडौं–एमएडब्लु बृद्धिले नेपाल ल्याउन लागेको इलेक्ट्रिक कार दिपल एस०५...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...