जिली र जुनयाओ ईभीको मूल्य सार्बजनिक, प्रोटोन ईमास७ कै मूल्यमा ग्यालेक्सी ई५ किन्न पाइने

काठमाडौं–एलआरआर मोटर्सले नेपाल ल्याउन लागेको दुई नयाँ ईभी ब्रान्डको मूल्य सार्बजनिक भएको छ । कम्पनीले छिट्टै नेपाली बजारमा लन्च गर्न लागेको जुनयाओ र जिली ब्रान्डका ईभीको मूल्य भन्सार प्रयोजनका लागि सार्बजनिक गरिएको हो ।

नेपाली बजारमा विगत लामो समयदेखी प्रतिक्षा गरिँदै आएको जिली ई५ प्रो र म्याक्स गरी दुई भेरिएन्टमा आउने भएको छ । दुबै भेरिएन्टमा ६०.२२ किलोवाट आवरको ब्याट्री प्याक र १६० किलोवाट क्षमताको मोटर जडान हुनेछ । यी कारको मूल्य ५८ लाख र ६८ लाख रुपैयाँ तोकिएको छ । भन्सार प्रयोजनका लागि सार्बजनिक भएको यस मूल्यमा पछि थपघट हुने अनुमान गर्न सकिन्छ ।

एलआरआर मोटर्सले ग्यालेक्सी ई५ को मूल्य सोही मोडलमा प्रोटोन व्याज लागेर आउने ईमास७ को जत्तिनै निर्धारण गरेको छ । जगदम्बा मोटर्सले नेपाल ल्याएको प्रोटोन ईमास ५७ लाख र ६८ लाख रुपैयाँमा बिक्री हुँदै आएको छ ।

ईमास७ प्राइम र प्रिमियम भेरिएन्टमा बिक्री हुँदै आएको छ । जसअनुसार, ग्यालेक्सी ई५ को प्रो भेरिएन्ट ईमास७ को प्राइम भन्दा १ लाख रुपैयाँले महंगो पर्ने देखिएको छ भने अर्को भेरिएन्टको मूल्य एउटै निर्धारण भएको छ । प्रोटोन ईमास७ को प्राइम भेरिएन्टमा ४९.५२ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ भने प्रिमियममा ६०.२२ किलोवाट आवरकै ब्याट्री प्याक छ ।

एलआरआर मोटर्सले पहिल्यैदेखि नेपाल ल्याउन पहल गरिरहेको अर्को ईभी ब्रान्ड जुनयाओको पनि दुई भेरिएन्ट नेपाल आउने भएको छ । कम्पनीले जेवाई एयर सी५ लाइट र जेवाई एयर सी५ अल्ट्रा भेरिएन्टको मूल्य भन्सार प्रयोजनका लागि सार्बजनिक गरेर यी ईभी छिट्टै लन्च हुने जानकारी दिएको हो । ईभी ईभीको मूल्य क्रमशः ६८ लाख र ५५ लाख तोकिएको छ ।

यस मध्ये जेवाई एयर सी५ लाइटमा ५१.२ किलोवाट आवरको एलएफपी ब्याट्री रहेको छ भने जेवाई एयर सी५ अल्ट्रामा ६४ किलोवाट आवरको ब्याट्री रहेको छ । दुबै भेरिएन्टमा ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । जुनयाओ ग्रुप अन्तर्गत चीनमा एयरलाइन र अन्य धेरै व्यवसाय रहेका छन् ।

सम्बन्धित समाचारहरू

हिरो, टीभीएस र बजाजको जोड अब इलेक्ट्रिक स्कुटरमा पनि

हिरो, टीभीएस र बजाजको जोड अब इलेक्ट्रिक स्कुटरमा पनि

अहिले विश्व अटो बजार नै इलेक्ट्रिकमय बनिरहेको छ । यस्तो अवस्थामा भारतीय...

सशस्त्रका २ पेट्रोल पम्प र अन्य १५ स्थानमा प्राधिकरणले चार्जिङ स्टेसन बनाउने

सशस्त्रका २ पेट्रोल पम्प र अन्य १५ स्थानमा प्राधिकरणले चार्जिङ स्टेसन बनाउने

काठमाडौं – सशस्त्र प्रहरी बल र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय...

इलेक्ट्रिक टाटा पन्च चाँडै लन्च हुने, यस्तो हुनेछ मूल्य र रेन्जलगायतका विशेषता

इलेक्ट्रिक टाटा पन्च चाँडै लन्च हुने, यस्तो हुनेछ मूल्य र रेन्जलगायतका विशेषता

टाटा मोटर्सले आफ्नो पोर्टफोलियो तीव्र गतिमा बढाउन थालेको छ । कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...