अभिनेत्री वर्षा राउत बनिन् ‘एवाेन भी’को ब्रान्ड एन्डोर्सर
काठमाडाैं – सीजी मोटर्सले अभिनेत्री वर्षा राउतलाई एवाेन भीको ब्रान्ड...
काठमाडौँ–जीली अटो ग्रुपले आफ्नो आफ्नो बिद्युतीय एसयुभी ईएक्स५ को २ लाख १० हजार युनिट बिक्री कायम गरी ऐतिहासिक उपलब्धि हाँसिल गरेको छ । यो उपलब्धिले ईएक्स५ लाई आफ्नो वर्गको सबैभन्दा सफल नयाँ विद्युतीय सवारीहरू मध्ये एकको रूपमा स्थापित गरेको छ ।
उत्पादक देश चीनमा ईएक्स५ ले आम उपभोक्ताको मन जित्दै सार्वजनिक भएको करिब सात महिनामै १ लाख युनिटभन्दा बढी बिक्रीवितरण गर्न सफल भएको थियो । थाइल्यान्ड, इन्डोनेसिया, अस्ट्रेलिया, न्यूजिल्यान्ड, केही युरोपेली देशहरू र ल्याटिन अमेरिकी क्षेत्रहरू गरी हाल यो मोडल २६ देशमा उपलब्ध छ ।
जीली अटोले सन् २०२५ को पहिलो छ महिनामै विश्वभरी १४ लाख सवारीसाधन बिक्री गरी अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतको बृद्धि हासिल गरेको छ । यस उपलब्धीसँगै कम्पनीले आफ्नो वार्षिक बिक्री लक्ष्यलाई २० लाख ७१ हजार यूनिटबाट बढाएर ३० लाख युनिट पु¥याएको घोषणा गरेको छ ।
२ लाख १० हजारभन्दा बढी विश्वव्यापी बिक्रीलाई कम्पनीले आफ्ना ग्राहकहरूको विश्वास र जीलीको विश्वस्तरीय विद्युतीय सवारी उत्पादन क्षमताको प्रमाणको रुपमा लिएको बताएको छ ।

आगामी वर्षहरूमा, जीली अटोले ब्राजिल, पोल्यान्ड, बेलायत, इटाली र हङकङ जस्ता प्रमुख बजारहरूमा आफ्नो उपस्थिति अझ विस्तार गर्ने र नयाँ ऊर्जा सवारी उत्पादन सञ्जाललाई तीव्र गतिमा अघि बढाउने योजना बनाएको छ ।
नेपालमा हालै बिक्रीवितरण सुरू गरिएका ईएक्स५ ले पनि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ । विद्युतीय गाडी प्रेमीहरूले स्वस्फूर्त रूपमा टेस्ट ड्राइभ र बुकिङ गर्न थालेका छन् । बढ्दो चासो र मागका कारण, नेपालका लागि आधिकारिक वितरक एलआरआर मोटर्सले देशैभर डिलरशिप विस्तार गर्ने योजना सार्वजनिक गरिसकेको छ ।
अन्तर्राष्ट्रिय अवार्ड र पुरस्कारबाट सम्मानित
ईएक्स५ ले विश्वस्तरको सुरक्षा र डिजाइनमा नयाँ मापदण्ड स्थापित गरेको छ । यसले सन् २०२५ मा यूरो एनक्याप र एष्ट्रेलियन एनक्याप दुबैबाट फाइभ–स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ ।
जीलीको अत्याधुनिक जीईए प्लेटफर्ममा आधारित ईएक्स५ को अधिक मजबुत वडी संरचना र ‘क्लोभरलिफ’ ऊर्जा–शोषण डिजाइनले गाडीको ठक्कारमा पनि उच्च सुरक्षा प्रदान गर्दछ । हरेक ईएक्स५ मोडलमा ७ वटा एयर ब्याग, अटोनोमस इमर्जेन्सि ब्रेकिङ, एडप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ एसिस्ट, ब्लाइन्ड स्पट डिटेक्सन र ३६० डिग्री क्यामेरा प्रणाली जस्ता अत्याधुनिक सुरक्षा सुविधाहरू समाविष्ट छन् ।
यि विशेषताहरुको कारण ईएक्स५ ले सन् २०२५ को प्रतिष्ठित रेड डट डिजाइन अवार्ड पाएको छ, जसले यसको सुन्दर डिजाइन, एरोडाइनामिक बनावट र स्मार्ट इन्टेरियरलाई सम्मानित गरेको हो । यी उपलब्धिहरूले जीली अटोको विश्वस्तरको नवप्रवर्तन, प्रदर्शन र सुरक्षाप्रतिको प्रतिबद्धतालाई पुनःपुष्टि गरेको छ ।
काठमाडाैं – सीजी मोटर्सले अभिनेत्री वर्षा राउतलाई एवाेन भीको ब्रान्ड...
काठमाडौं – सुनरा इलेक्ट्रिकको नेपालका लागि आधिकारिक वितरक केटीएम...
विश्व अटो बजार अहिले इभीमय वनिरहेको छ । नेपालको सन्दर्भलाई हेर्ने हो भने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...