जिली बन्यो युरोपियन युनियनबाट एडास सर्टिफिकेट पाउने पहिलो चिनियाँ अटो निर्माता

जिली अटो ग्रुपको एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम(एडास) ले युरोपियन युनियनबाट नियामक प्रमाणीकरण प्राप्त गरेको छ । जसले गर्दा यो प्रविधिले सुसज्जित सवारी साधनहरू जुन २०२६ सम्ममा युरोपेली सडकहरूमा गुड्न सक्ने बाटो खुलेको छ ।

जिलीको ‘जी–एएसडी’ सिस्टमले यूएन आर१७१ सर्टिफिकेसन पाएको हो, जुन युरोपियन युनिमा संचालनका लागि एक महत्वपूर्ण नियामक स्विकृती हो । यस्तो सर्टिफिकेट पाउने जिली एकमात्र चिनियाँ अटो निर्माता रहेको दाबी गरिएको छ ।

जी–एएसडीको अर्थ जिली अफारी स्मार्ट ड्राइभिङ भन्ने हुन्छ, जसलाई जिलीको स्वामित्वमा रहेको लिफान समूहको सहायक कम्पनीद्वारा विकास गरिएको हो ।

यो सर्टिफिकेसनले युरोपमा ड्राइभर असिस्टेन्स सिस्टमको लागि पासपोर्टका रूपमा काम गर्ने जनाइएको छ । यस सर्टिफिकेट पाएका सवारी साधनलाई कन्ट्रि–वाई–कन्ट्रि स्वीकृति आवश्यक नपर्ने र युरोपका लागि संयुक्त राष्ट्र आर्थिक आयोगका सबै सदस्य राष्ट्रहरूमा कानुनी रूपमा बेच्न अनुमति प्रदान गर्दछ । यसअघि यस्तो सर्टिफिकेट २०२५ मा बीएमडब्लूले पाएको थियो ।

उक्त सिस्टम पहिलो पटक युरोपमा लोटस ब्रान्डका सवारी साधनहरूमा देखा पर्ने उल्लेख गरिएको छ । लोटस हाल लोटस टेक्नोलोजीको स्वामित्वमा रहेको ब्रिटिश अटोमोटिभ ब्रान्ड हो, जुन, जिली अटो ग्रुप जस्तै, जिली होल्डिङ ग्रुपको सहायक कम्पनी हो ।

सम्बन्धित समाचारहरू

सेमीकन्डक्टर अभावबाट समस्यामा परेको अटो बजारमा तरलता अभावले अर्को संकट ल्याउन सक्ने

सेमीकन्डक्टर अभावबाट समस्यामा परेको अटो बजारमा तरलता अभावले अर्को संकट ल्याउन सक्ने

कोरोना महामारी र त्यसले निम्त्याएको लामो लकडाउनका कारण समग्र अर्थ...

५२५ किमी सम्म रेन्ज दिने एमजी ईएस५ इलेक्ट्रिक एसयूभी उपलब्ध हुने, भयो सार्वजनिक

५२५ किमी सम्म रेन्ज दिने एमजी ईएस५ इलेक्ट्रिक एसयूभी उपलब्ध हुने, भयो सार्वजनिक

एमजीले प्योर इलेक्ट्रिक एसयूभी एमजी ईएस५ चीनमा सार्वजनिक गरेको छ । फेमिली...

एक्सपेङले चिनियाँ प्रतिस्पर्धी कम्पनी दिदीलाई ७४ करोड अमेरिकी डलरमा किन्ने

एक्सपेङले चिनियाँ प्रतिस्पर्धी कम्पनी दिदीलाई ७४ करोड अमेरिकी डलरमा किन्ने

काठमाडौँ – चिनियाँ विद्युतीय कार कम्पनी एक्सपेङले भाडामा यातायात सेवा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...