३०० किमी रेन्ज दिने ग्यारोको नयाँ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, मूल्य कति ?

काठमाडौं - ग्यारो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिले नयाँ स्कुटर डीटी–५३ लन्च गरेको छ । सिंगल चार्जमा ३०० किलोमिटर रेन्ज दिने दाबी गरिएको यस स्कुटरको मूल्य ३ लाख ८५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

ग्यारो डिटी–५३ मा उच्च क्षमता भएको लिथियम आयोन ब्याट्री जडान गरिएको छ । यस स्कुटरमा ३ हजार वाट क्षमताको इलेक्ट्रिक मोटर राखिएको छ । स्कुटरलाई ९० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिने बताइएको छ ।

स्कुटरमा एलईडी लाइट तथा डिस्प्ले, एड्भान्स सस्पेन्सन सेटअप र स्मार्ट ब्याट्री म्यानेजमेन्ट सिस्टम लागयत फिचर पाउन सकिन्छ । ग्यारो डिटी–५३ यस सेग्मेन्टकै लामो रेन्ज दिने र उच्च पर्फमेन्सयुक्त स्कुटर भएको कम्पनीको भनाइ छ ।

नेपालभर रहेका ग्यारो स्कुटरका डिलरहरुमा सो स्कुटर प्रि–अर्डर गर्न सकिन्छ । अत्याधुनिक प्रविधि, स्लिक डिजाइन र आउटस्ट्यान्डिङ पर्फमेन्स चाहने नेक्स्ट जेन राइडरहरुको रोजाइमा यो स्कुटर पर्ने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

अन्तराष्ट्रिय बजारमा सफल फोटोनको हाई रुफ भ्यान नेपालमा सार्बजनिक हूँदै

अन्तराष्ट्रिय बजारमा सफल फोटोनको हाई रुफ भ्यान नेपालमा सार्बजनिक हूँदै

काठमाडौं – फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल...

मोबाइल जस्तो सजिलो छैन विद्युतीय सवारी किन्न : यी ८ कुरामा ध्यान दिनु आवश्यक

मोबाइल जस्तो सजिलो छैन विद्युतीय सवारी किन्न : यी ८ कुरामा ध्यान दिनु आवश्यक

मोबाइल किन्नुजस्तो सजिलो हुँदैन सवारी साधन किन्न । अटोमोबाइल अन्तर्गत अझ...

सुरु भयो दिपल, नामी र सेरेस ईभीको टेस्ट ड्राइभ र एक्सचेन्ज गर्न सकिने ‘एमएडब्लु ईभी कार्निभल’

सुरु भयो दिपल, नामी र सेरेस ईभीको टेस्ट ड्राइभ र एक्सचेन्ज गर्न सकिने ‘एमएडब्लु ईभी कार्निभल’

काठमाडौं – नेपालका लागि दिपल, नामी र सेरेस ईभीको आधिकारिक विक्रेता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...