बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं–क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिले नेपाल ल्याएको इलेक्ट्रिक स्कुटर ग्यारोको मूल्य सार्बजनिक भएको छ । मंगलबार एक कार्यक्रममाझ कम्पनीले स्कुटरको मूल्य र रेन्ज सार्बजनिक गरेको हो । सिंगल चार्जमा ३५० किलोमिटरसम्म रेन्ज दिने उक्त स्कुटरको मूल्य ३ लाख ६५ हजार पर्ने कम्पनीले जनाएको छ ।
स्कुटरमा ४८ भोल्ट १८० एम्पियर आवरको लिथियम–आयोन ब्याट्री जडान गरिएको छ । स्कुटरको पिक पावर ४ किलोवाट छ भने यसको टर्क १५० एनएम छ । स्कुटरले १८ डिग्रीको उकालो समेत सहजै पार गर्न सक्छ । कम्पनीका अनुसार ग्यारो नेपाली बजारमा सर्बाधिक रेन्ज दिने इलेक्ट्रिक स्कुटर हो ।
१४० एमएम ग्राउन्ड क्लिरियन्स भएको स्कटरमा ईको, ड्राइभ र स्पोर्ट गरी तीनवटा राइडिङ मोड दिइएको छ । जसअनुसार इको मोडमा चलाउँदा ३५० किलोमिटर, ड्राइभिङ मोडमा २८० र स्पोर्टस मोडमा २०० किलोमिटर रेन्ज पाउन सकिने दावी गरिएको छ । मोड अनुसार यसको टप स्पिड समेत फरक छ । इको मोडमा चलाउँदा प्रतिघण्टा ५१ किलोमिटर टप स्पिड पाइने स्कुटरलाई ड्राइभिङ मोडमा ६० किलोमिटर प्रतिघण्टा र स्पोर्ट मोडमा ६८ किलोमिटर प्रतिघण्टाको टप स्पिडमा गुडाउन सकिन्छ ।
स्कुटरको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ । साथै यसको अगाडी हाइड्रोलिक र पछाडी डुअल शक एब्जर्बर सस्पेन्सन जडान गरिएको छ । यसलाई ६ देखी ८ घण्टामा फुल चार्ज गर्न सकिन्छ । यसमा एलसीडी डिस्प्ले, एलइएडी लाइट र रिजेनेरिटभि ब्रेकिङ सिस्टम पाउन सकिन्छ । कम्पनीले अगामी बैशाख २९ गते डर्ट टेम्पलमा एक कार्यक्रमको अयोजना गरी यसको पर्फमेन्स टेष्ट र औपचारिक लन्च गर्ने तयारी गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...