जेठमा ७८१ विद्युतीय गाडी यातायात कार्यालयमा दर्ता, दर्ताकै लागि धेरै जनशक्ति खर्चिदै ईभी ब्रान्ड
काठमाडौं – चालु आर्थिक वर्षको जेठ महिनामा ७८१ युनिट विद्युतीय गाडी...
काठमाडौं – नेपालमा उच्च गुणस्तरीय छालाका सामग्री उत्पादनका लागि प्रसिद्ध ब्रान्ड दुल्लाले ग्यारो डीटी ६० इलेक्ट्रिक स्कुटर खरिद गरेको छ । नेपालका लागि ग्यारो इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट र दुल्ला बिच ती स्कुटरमा दुल्लाको लोगो सहितका कार्य गर्ने सहमति समेत भएको छ ।
यसबाट स्कुटरहरुमा दुल्ला लेदरको विशिष्ट पहिचान र ब्रान्ड मूल्य प्रतिबिम्बिति गर्ने समेत क्लासिक ह्विल्सको भनाइ छ । दुल्लाले वातावरणमैत्री यातायात समाधान प्रदान गर्नका लागि यी स्कुटर रोजेको बताइएको छ ।
ग्यारो डीटी ६० नेपाली बजारमा उपलब्ध सबैभन्दा बढी रेन्ज दिने इलेक्ट्रिक स्कुटर हो । यसले एक पटकको फुल चार्जमा ३५० किलोमिटरको रेन्ज दिने बताइएको छ । विश्वसनिय क्रुज कन्ट्रोल र इको, स्पोर्ट्स र ड्राइभिङ गरी तीन राइडिङ मोड रहेको सो स्कुटरमा रिजेनेरेटिभ र कम्बी ब्रेकिङ सिस्टम जस्ता फिचर रहेका छन् ।
यसमा भएको प्रयोगकर्तामैत्री डिजिटल डिस्प्लेले समयको जानकारी दिनुका साथै प्रत्येक सवारीलाई सजिलो र सुरक्षित बनाउछ ।
काठमाडौंको महाराजगञ्ज र टेकुका साथै पोखरा, धरान, बागलुङ, दाङ, धनगढी र बुटवल लगायतका शोरुममा सो स्कुटर बिक्रीका लागि उपलब्ध छ ।
काठमाडौं – चालु आर्थिक वर्षको जेठ महिनामा ७८१ युनिट विद्युतीय गाडी...
एमएडब्लु वृद्धि अटोकर्पले नेपालमा विश्वव्यापी रुपमा प्रशंसा पाएको नयाँ...
काठमाडौं– सेगवे–नाइन बोटकोे नेपालका लागि आधिकारिक वितरक आई हब प्रालिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...