जिपको पहिलो इलेक्ट्रिक एसयूभी, यस्ता छन् विशेषता
जिपले नयाँ इलेक्ट्रिक एसयूभी एभेन्जर सार्वजनिक छ । कम्पनीले ल्याएको यो...
काठमाडौं–विश्वका दुई ठूलो अटो निर्माता जिएसी र स्टेलान्टिसको साझेदारी वित्तिय रुपमा टाट पल्टिएको घोषणासंगै टुंगिएको छ । चीनको जिएसी र युरोपेली जायन्ट स्टेलान्टिसले सन् २०१० मा १७ अर्व युआन लगानीमा ५०ः५० प्रतिशतको सेयर हिस्सासहित एकआपसमा साझेदारी गरेका थिए ।
यी दुई समुह मिलेर चीनमा पहिलोपटक फियाट ब्रान्डका कार निर्माण गरेका थिए । सन् २०१२ मा फियाट भियाग्गियो मोडल लन्च गरेको कम्पनिले सुरुवाती वर्षमा ९ हजार वढि कार बिक्री गरेको थियो ।
सन् २०१५ मा जिएसी–एफसिए(फियाट क्राइस्लर अटोमोबाईल) का नामले नयाँ ब्रान्डिङ गरेपछि कम्पनी जीपको उत्पादनमा केन्द्रित बन्यो । सोहि वर्ष जीपको चेरोकी एसयुभी लन्च गरेको यस साझेदारीले लगत्तै बजारमा राम्रो प्रतिक्रिया पायो । चेरोकी लन्च भएको १ वर्षमै १ लाख ४६ हजार ४०० युनिट बिक्री भयो पनि ।
सन् २०१७ मा २ लाख ५ हजार कार बिक्री गरेको यस कम्पनिले त्यसपछिका वर्षहरुमा भने नराम्रोसंग बजार गुमाउनु पर्यो । २०१८ मा १ लाख २५ हजार युनिटमा सिमित भएको यसको बिक्री २०२१ सम्म आईपुग्दा जम्मा २१ हजारमा सिमित भयो । बिक्रीमा सुधार ल्याउन ४ अर्व युआन थपिए पनि यसले खासै प्रभाव पारेन ।
त्यसपछि, एफिसिएले आफ्नो हिस्सा ७५ प्रतिशत हुनुपर्ने माग राखेपछि यी दुई कम्पनिविच असहमति बढ्दै गयो । गम्भिर असहमतिका माझ सन् २०२२ देखी बन्द अवस्थामा रहेको यसको उत्पादन प्रक्रिया हाल आएर टाटा पल्टिएको घोषणासंगै सधैँका लागि बन्द हुन पुगेको छ ।
जिपले नयाँ इलेक्ट्रिक एसयूभी एभेन्जर सार्वजनिक छ । कम्पनीले ल्याएको यो...
इलेक्ट्रिक कारको वढ्दो लोकप्रियताले कम्वसन इन्जिनयुक्त नयाँ कार ओझेलमा...
जीपले २०२५ को अन्त्यतिर अल–न्यू चेरोकी एसयूभीको डेब्यू हुने पुष्टि गरेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...