जीएसीले ल्यायो चीनको पहिलो इलेक्ट्रिक सुपर कार, यस्तो छ विशेषता

ग्वाङ्झाउ अटोमोबाइल ग्रुप (जीएसी) ले चीनको पहिलो सुपरकार 'हाइपर एसएसआर' सार्वजनिक गरेको छ । उक्त इलेक्ट्रिक सुपर कारको मूल्य २ लाख ३० हजार डलर पर्ने जनाइएको छ ।

जीएसीले हालसालै पर्फमेन्स मोडलका लागी छुट्टै सब ब्राण्ड हाइपरलाई प्रर्दशनीमा राखेको थियो । एसएसआर उक्त ब्राण्डको पहिलो पर्फमेन्स मोडल रहेको कम्पनी भनाई छ । सो कार हाइपर एसएसआर, हाइपर एसएसआर स्प्रिन्ट र हाइपर एसएसआर अल्टिमेट गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ ।

दुईवटा ढोका भएको उक्त कुपे कारको बाहिरी र भित्री भाग वरिपरि धेरै कार्बन फाइबर प्रयोग गरिएको छ । कारमा ठूलो साइजको रातो क्यालिपरयुक्त बेस्पोक ह्विल र प्रशस्त मात्रामा एरो एलिमेन्टहरू समावेश गरिएको छ । कारको इन्टेरियरमा १४.६ इन्चको सेन्ट्रल टचस्क्रिन र ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ ।

तीनवटा इलेक्ट्रिक मोटरको बिकल्पमा पाइने सो कारले लगभग १२२४ बीएचपी र १२३० एनएमको कुल पावर जेनेरेट गर्दछ । तल्लो ट्रिमले २.३ सेकेन्डमै ०–६२ माइल प्रतिघण्टाको गतिमा हाँक्न सकिन्छ भने टप ट्रिमले १.९ सेकेन्डमा ०–१०० किलोमिटर प्रतिघन्टाको स्पीड लिने समाथ्र्य राख्दछ ।

कारको टप स्पिड २४९ किलोमिटर प्रतिघन्टा छ । सो सुपरकारमा ७५ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ भने रेन्ज ५०५ किलोमिटर दावी गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...