आयोन वाईका साथ नेपाली बजारमा उपस्थिति विस्तार गर्दै जीएसी मोटर्स

जीएसी मोटर्स नेपाली बजारमा आफ्नो आधिकारिक बिक्रेता सीजी मोटर्समार्फत प्रवेश गरेको छ। उच्च गुणस्तर, नवप्रवर्तन, र अत्याधुनिक प्रविधिको लागि विश्वभरि ख्यातिप्राप्त जीएसी मोटर्सले आफ्नो नयाँ आयोन वाई एसयूभीको नेपाली बजारमा भव्य लञ्च गर्दै आफ्नो उपस्थितिलाई विस्तार गरेको छ।

जीएसी मोटर्सलाई चीनको अटोमोबाइल ब्रान्ड गुणस्तर र्‍यांकिङमा नम्बर १ मानिने गरेको कम्पनीले दाबी गरेको छ।  अनुसन्धान र विकास तथा प्रविधिमा कम्पनी प्रसिद्ध छ। 

ब्रान्डले यूएईमा उत्तम चिनियाँ अटोमोबाइल ब्रान्ड र नाइजेरियामा अटोमोबाइल  इन्टरप्राइज अफ द एअरजस्ता धेरै अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरेर आफ्नो प्रतिष्ठा स्थापित गरेको छ।

अब जीएसी मोटर्सले आयोन वाईमार्फत नेपाली बजारमा ड्राइभिङ अनुभवमा परिवर्तन ल्याउन तयारी गरेको छ। ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने कम्पनीले उल्लेख गरेको छ। 

जीएसी मोटर्सले नेपाली बजारमा नयाँ मापदण्डहरू स्थापित गरी ड्राइभिङ अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने कम्पनीको विश्वास छ।

अत्याधुनिक प्रविधि र विशेषताहरूले भरिपूर्ण आयोन वाई एसयूभीले नेपाली बजारमा नयाँ युगको सुरुवात गर्ने कम्पनीको दाबी छ।

सम्बन्धित समाचारहरू

एइटो ब्रान्डको ४ लाखौ कार एसेम्बली प्लान्टबाट सार्वजनिक, ७० हजारौं एम९ डेलिभरी

एइटो ब्रान्डको ४ लाखौ कार एसेम्बली प्लान्टबाट सार्वजनिक, ७० हजारौं एम९ डेलिभरी

टेक्नोलोजी जायन्ट हुवावे र सेरेसद्वारा संयुक्त रुपमा डिजाइन गरिएको एइटो...

कोरला बोर्डर पुग्यो दायुन ईभी

कोरला बोर्डर पुग्यो दायुन ईभी

काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको चिनियाँ कम्पनी दायुन ईभी नेपाल...

पोखरामा खुल्यो लिपमोटर र सिट्रोनको नयाँ शोरुम, बि१० सार्वजनिक

पोखरामा खुल्यो लिपमोटर र सिट्रोनको नयाँ शोरुम, बि१० सार्वजनिक

पोखरामा लिपमोटर र सिट्रोनको नयाँ शोरुम खुलेको छ । एसएसएल मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...