लुक्सले साथ नदिएपछि ओझेलमा जीएसी एवोन–वाई, यस्ता छन् विशेषता

सिजी मोटर्सले नेपाल ल्याएको नयाँ इलेक्ट्रिक कार जीएसी एवोन–वाई अहिले गुमनाम जस्तै बनेको छ । एवोन–वाइसंगै नेपाल भित्रिएको ओमोडा ई–५ र पछि आएको डिपल एस–०७ ले बजारमा तहल्का पिटिरहेको सन्दर्भमा सो नयाँ ईभी भने ओझेलमा पर्दै गएको हो ।

अन्तराष्ट्रिय बजारमा निकै राम्रो बजार पाइरहेको एवोन–वाई नेपालमा सफल वन्न नसक्नुको पछाडी यसको लुक्सलाई प्रमुख कारण मानिएको छ ।

सेग्मेन्टका हिसावले कम्प्याक्ट एसयुभी भएपनि एवोन–वाइको लुक्स एमपीभी प्रेरित देख्न सकिन्छ । ४५३५ एमएम लम्बाई, १८७० एमएम चौडाइ र १६५० एमएम उचाई रहेको यो कारको ह्विलवेश २७५० एमएम लामो छ ।

जुन हाल चर्चामा रहेका ओमोडा ई–५ र बीवाइडी एट्टो–३ कै हाराहारीमा रहेपनि यसको फ्रन्ट लुक्स भने झट्ट हेर्दा सेभेन सिटर एमिपीभी जस्तो देखिन्छ । एमपिभी लुक्सलाई नेपाली अटो पारखीले खासै नरुचाउने कारण एवोन–वाई ग्राहकको रोजाइमा पर्न नसकेको प्रष्ट हुन्छ ।

५४ लाख ९९ हजार रुपैयाँ मूल्य निर्धारण गरेर बिक्री सुरु गरिएको उक्त नयाँ कारमा ६१.५ किलोवाट आवरको ब्याट्री प्याक तथा १०० किलोवाट पीक पावरको इलेक्ट्रिक मोटर जडान गरिएको छ । ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ५०० किलोमिटर रेन्ज पाउन सकिने एनइडीसीले दावी गरेको छ । साथै कारको टर्क २२५ एनएम छ । कारको ग्राउन्ड क्लिरियन्स १८३ एमएम छ ।

कारको इन्टेरियरमा १०.२५ इन्चको एलसीडी इस्ट्रयुमेन्ट क्लस्टर, १४.६ इन्चको ठूलो टचस्क्रिन, अटोमेटिक एयर कन्डिसनिङ, ६ स्पिकर, पीएम २.५ एयर फिल्टर, सेकेन्ड रोमा वस्ने यात्रुका लागि समेत एयर कन्डिसनिङ भेन्ट, माइक्रोफाइबरयुक्त मल्टिफंक्सन स्टेरिङ ह्विल र ६ वे पावर एड्जस्टेवल ड्राइभर सीट लगायत फिचर पाउन सकिन्छ ।

सुरक्षाका लागी यसमा एडास फिचर सहित एविएस, इएसपी, ईबीडी, टायर प्रेसर मोनिरिङ, ब्रेकिङ इनर्जी रिकभरी, डुअल फ्रन्ट एयरब्याग, फ्रन्ट साइट एयरब्याग, साइड कर्टेन एयरब्याग, अटो होल्ड, ट्रयाक्सन कन्ट्रोल सिस्टम, एडप्टिभ क्रुज कन्ट्रोल, रियर पार्किङ सेन्सर र ३६० डिग्री एचडी भ्यू क्यामेरा लगायत उपलब्ध छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...