काठमाडौंमा ग्याब्रियलको कस्टमर मिट सम्पन्न, देशभरका रिटेलरको सहभागिता

काठमाडौं – ग्याब्रियल इन्डियाको नेपालका लागि आधिकारिक वितरक एसडीआई अटोमोबाइल्स प्रालिले ‘कस्टमर मिट’ कार्यक्रम सम्पन्न गरेको छ । शनिबार काठमाडौंमा सम्पन्न सो कार्यक्रममा देशभरका रिटेल व्यवसायीहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा ग्याब्रियल इन्डिया लिमिटेडका सीओओ अमिताभ श्रीवास्तवले नेपाली बजारमा हाल उपलब्ध ग्याब्रियलका उत्पादनको बिक्री आगामी दुई वर्ष पश्चात तेब्बर बनाउने लक्ष्य रहेको बताए । आगामी दिनमा ग्राहकका लागि थप गुणस्तरीय सामग्री उपलब्ध गराउने र नेपाली बजारलाई कम्पनीले विशेष प्राथमिकता दिएको उनले बताए ।

ग्याब्रियल इन्डियाका जनरल म्यानेजर एसके रमनले नेपालमा ग्याब्रियलका स्पेयर पार्ट्स आगामी दिनमा अझै प्रयोगमा आउने र यसका लागि कम्पनीले सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एसडीआई अटोमोबाइल्सका चेयरम्यान दीपेन्द्र मिश्र र डाइरेक्टर सञ्जिव हमालले सबै रिटेलरहरुलाई स्वागत गर्दै आगामी दिनमा एक अर्कामा सहयोग कायमै रहने विश्वास व्यक्त गरे ।

नेपाली बजारमा ग्याब्रियलका सक एब्जर्बर, फ्रन्ट फोर्क्स, इनर ट्युब, फ्रन्ट फोर्क्स आयल, आयल सिल, एफएफ स्प्रिङ, बुस्किट, ओसी स्प्रिङ, ह्विल रिम, ब्रेक फ्लुइड आदि उपलब्ध छन् ।

ग्याब्रियल आनन्द ग्रुपको एक हिस्सा हो । सन् १९६१ मा ग्याब्रियलबाटै आनन्द ग्रुपको व्यवसाय प्रारम्भ भएको थियो । त्यो समयमा एक कम्पनी र वार्षिक टर्न ओभर १ करोड हुने गरेकोमा सन् २०२१ सम्मको अवधिमा २० कम्पनी र १३ हजार करोडको टर्न ओभर हुने गरेको छ । पहिले महाराष्ट्रमा मात्र प्लान्ट रहेकोमा अहिले ६० स्थानमा प्लान्ट उपलब्ध छन् । पहिले सक एब्जर्बरको मात्र व्यवसाय भएकोमा अहिले यस्ता २५ पार्ट्सको व्यवसाय गरिरहेको छ । पहिले एक राज्यमा मात्र व्यवसाय भएकोमा अहिले ११ राज्यमा छ । पहिले कम्पोनेन्ट म्यानुफ्याक्चरर रहेकोमा अहिले सिष्टम सप्लायर समेत भएको छ ।

विश्वमा यो कम्पनी हाल आठौ नम्बरमा रहेको छ । आगामी ३ वर्ष भित्र पाँचौ नम्बरमा रहने योजना छ । सीओओ श्रीवास्तवले भने, ‘यद्यपि यो निकै नै कठिन कार्य हो । यसका लागि सबैको सहयोग आवश्यक हुन्छ ।’ ग्याब्रियलले यो वर्ष ३ हजार करोडको व्यापार गर्ने योजना बनाएको उनले बताए ।

दुई पांग्रे देखि हेभी इक्विपमेन्ट र रेल्वे सम्म सबै प्रकारका सवारी साधनमा आनन्द ग्रुपको कुनै एउटा पार्ट्स अवश्य प्रयोग भएको हुन्छ भन्ने भनाइ छ ।

हाल कम्पनीमा करिव ४ हजार कर्मचारी कार्यरत छन् र ११ प्लान्ट छन् । पुना, नासिक र होसुर गरी तीन स्थानमा आर एन्ड डी फ्यासिलिटी छ । अधिकांश दुई पांग्रे र चार पांग्रे ब्रान्डको ओरिजिनल इक्विपमेन्ट (ओई) बजारमा ग्याब्रियलको हिस्सा करिव ३५ प्रतिशत भएको उनले बताए । अष्टेलिया, साउथ इस्ट एसिया, एसिया, युरोप, मिडिल इष्ट, अफ्रिका, नर्थ अमेरिका र साउथ अमेरिकामा ग्याब्रियलका सक एब्जर्बर उपलब्ध छन् । ग्याब्रियलले विभिन्न प्रकारका प्रतिष्ठित अवार्ड समेत प्राप्त गरेको छ ।

सम्बन्धित समाचारहरू

किन फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक प्रयोग गरिन्छ ?

किन फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक प्रयोग गरिन्छ ?

सवारी साधनको अघिल्लो पांग्रा अर्थात फ्रन्टमा डिस्क र पछिल्लो पांग्रा...

जापानी अटो पार्ट्स निर्माता कम्पनी अटोब्याक्ससँग मिलेर नयाँ ईभी ब्रान्ड लन्च गर्दै चेरी

जापानी अटो पार्ट्स निर्माता कम्पनी अटोब्याक्ससँग मिलेर नयाँ ईभी ब्रान्ड लन्च गर्दै चेरी

चिनियाँ अटोमोबाइल निर्माता कम्पनी चेरी र जापानी अटो पार्ट्स रिटेलर...

जनकपुर–जयनगर रेलको ट्र्याकको गति परीक्षण आज गरिदैं

जनकपुर–जयनगर रेलको ट्र्याकको गति परीक्षण आज गरिदैं

धनुषा – बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्र्याकको गति...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...