पञ्चकन्याले अब ओएलएसका वर्कशप टुल्स र इक्विपमेन्ट बिक्री गर्ने
काठमाडौं – वर्कशप टुल्स र इक्विपमेन्ट उपलब्ध गराउने भारतको प्रतिष्ठित...
अमिताभ श्रीवास्तव भारतको आनन्द ग्रुप अन्तर्गत ग्याब्रियल इन्डिया लिमिटेडका ग्लोबल आफ्टर मार्केट तर्फका सीओओ हुन् । विगत २५ वर्ष देखि आनन्द ग्रुपमा कार्यरत श्रीवास्तवले ग्लोबल आफ्टर मार्केट र रेलवे बिजनेस गरी दुई डिभिजनको जिम्मेवारी सम्हालिरहेका छन् । हिन्दुस्तानको ‘वान अफ दी बेस्ट’ ग्रुपमा कार्यरत रहेकोमा गर्वको अनुभूति गर्ने श्रीवास्तव मेकानिकल इन्जिनियर हुन् । उनले अक्सफोर्ड युनिभर्सिटीबाट लिडरसिप प्रोग्राम सम्पन्न गरेका छन् ।
केही दिन पहिले काठमाडौंमा सम्पन्न टु ह्विलर तर्फको कस्टमर मिटको समयमा नेपाल अटो टिमले उनीसँग ग्याब्रियलका उत्पादन र आगामी योजनाको वारेमा कुराकानी गरेको थियो । सोही कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।
ग्याब्रियल कस्तो कम्पनी हो ?
ग्याब्रियल भारतमा आनन्द ग्रुपको एक हिस्सा हो । सन् १९६१ मा ग्याब्रियलबाटै आनन्द ग्रुपको व्यवसाय प्रारम्भ भएको थियो । त्यो समयमा एक कम्पनी र वार्षिक टर्न ओभर १ करोड हुने गरेकोमा सन् २०२१ सम्मको अवधिमा २० कम्पनी र १३ हजार करोडको टर्न ओभर हुने गरेको छ । पहिले महाराष्ट्रमा मात्र प्लान्ट रहेकोमा अहिले ६० स्थानमा प्लान्ट उपलब्ध छन् ।
पहिले सक एब्जर्बरको मात्र व्यवसाय भएकोमा अहिले यस्ता २५ पार्ट्सको व्यवसाय गरिरहेको छ । पहिले एक राज्यमा मात्र व्यवसाय भएकोमा अहिले ११ राज्यमा छ । पहिले कम्पोनेन्ट म्यानुफ्याक्चरर रहेकोमा अहिले सिष्टम सप्लायर समेत भएको छ ।
दुई पांग्रेदेखि हेभी इक्विपमेन्ट र रेल्वे सम्म सबै प्रकारका सवारी साधनमा आनन्द ग्रुपको कुनै एउटा पार्ट्स अवश्य प्रयोग भएको हुन्छ भन्ने भनाइ छ । हाल कम्पनीमा करिव ४ हजार कर्मचारी कार्यरत छन् र ११ प्लान्ट छन् । पुना, नासिक र होसुर गरी तीन स्थानमा आर एन्ड डी फ्यासिलिटी छ । अधिकांश दुई पांग्रे र चार पांग्रे ब्रान्डको ओरिजिनल इक्विपमेन्ट ९ओई० बजारमा ग्याब्रियलको हिस्सा करिव ३५ प्रतिशत छ ।
विश्व बजारमा यो कम्पनीका उत्पादनको अवस्था कस्तो छ ?
विश्वमा यो कम्पनी हाल आठौ नम्बरमा रहेको छ । आगामी ३ वर्ष भित्र पाँचौ नम्बरमा रहने योजना छ । यद्यपि यो निकै नै कठिन कार्य हो । यसका लागि सबैको सहयोग आवश्यक हुन्छ । अष्टेलिया, साउथ इस्ट एसिया, एसिया, युरोप, मिडिल इष्ट, अफ्रिका, नर्थ अमेरिका र साउथ अमेरिकामा ग्याब्रियलका सक एब्जर्बर उपलब्ध छन् । ग्याब्रियलले विभिन्न प्रकारका प्रतिष्ठित अवार्ड समेत प्राप्त गरेको छ ।
नेपालमा हाल कुन भोल्युमको बजार छ ?
हाल नेपाली बजारमा करिव साढे ३ करोड भारुको कारोबार हुन्छ । दुई वर्ष भित्र हामीले यसलाई १० करोड पु-याउने लक्ष्य राखेका छौ । नेपालमा हाल ग्याब्रियलका उत्पादन जति बिक्री हुन्छन्, दुई वर्षमा यसलाई तेब्बर बनाउनु पर्नेछ । हामीलाई अहिले रिटेलरहरुबाट जुन सम्मान प्राप्त भयो, त्यो निकै नै गौरवमय छ । ग्याब्रियल जस्तो ब्रान्डले नेपालमा भएका डिस्ट्रिब्युटरलाई गरिरहेको सपोर्टलाई केही मात्रामा बढाउने हो भने त्यो लक्ष्य खासै ठूलो पनि होइन । हासिल गर्न सहज तरिकाले सकिन्छ ।
आगामी दुई तीन वर्ष भित्र नेपाली बजारमा हुने व्यवसायबाट म निकै नै आशावादी छु । अहिले सम्म मेरो क्याल्कुलेसन गलत पनि भएको छैन । आगामी दुई वर्ष भित्र हामीले नेपालमा एक धमाका गर्नेछौ र एक बिग ब्याङका साथ हाम्रा उत्पादन बिक्री गर्नेछौ । यो हुनेछ र यसलाई पुरा गरेरै देखाउने छौ ।
भारतका रिटेलरहरुलाई गरिए जस्तै सम्मान नेपाली रिटेलरलाई पनि गरिन्छ ?
हो, हामी नेपालका करिव १५ वर्कशप र १५ रिटेल काउन्टरमा गएर हामीले उहाँहरुलाई सम्मान गर्नेछौ । त्यसका सञ्चालक र कर्मचारीहरुलाई मेरै हातबाट सम्मान गर्नेछु । मेरै हातबाट मिठाई खुवाइने छ र ग्याब्रियलका तर्फबाट एक प्रशस्ती पत्र समेत उपलब्ध गराइने छ । मेरो हस्ताक्षर भएको सो प्रशस्ती पत्रमा ‘तपाईले ग्याब्रियललाई गर्नुभएको सहयोगका लागि हामी धन्यवाद दिन चाहन्छौ । तपाईकै सहयोगका कारण ग्याब्रियल ३ हजार करोडको कम्पनी बन्न सफल भएको छ ।’ लेखिएको छ ।
ग्याब्रियलको कारोबारलाई तीन गुणा बढाउनका लागि नेपाली बजारमा केही प्रवद्र्धनात्मक कार्य गर्ने योजना पनि त होला नि ?
हो, हामी यसका लागि सबैभन्दा पहिले टिम निर्माणमा लाग्ने छौ । यसका लागि एक जना स्थायी प्रतिनिधि राख्ने प्रयास गर्नेछौ । प्रत्येक महिना कुनै न कुनै कार्यक्रम हुनेछन् । विभिन्न प्रकारका प्रमोशनल गतिविधि हुनुका साथै डिस्ट्रिब्युटरमार्फत सेल्स टिमलाई तालिम समेत प्रदान गरिने छ । उनीहरु बजारमा हाम्रो ब्रान्ड एम्बेसडरको रुपमा प्रस्तुत हुनेछन् ।
तपाईले अन्तर्राष्ट्रिय बजार धेरै अध्ययन गर्नुभएको छ । अन्य देशको बजार र नेपालको बजारमा केही फरक छ कि ?
नेपालको बजार धेरै मात्रामा भारतीय बजारसँग मिल्दोजुल्दो छ । युरोप, अष्ट्रेलिया, साउथ अमेरिका र नर्थ अमेरिकाको बजार वाहेक अन्य सबै बजार एकै जस्तो लाग्छ ।
नेपालमा ग्याब्रियलको डिस्ट्रिब्युटर छनोट गर्दा कहिले र के आधारमा गर्नुभएको थियो ?
नेपालमा टु ह्विलरका लागि विगत ५ वर्ष देखि एसडीआई अटोमोबाइल्स र फोर ह्विलर्सका लागि शिवम एमके इन्टरनेसनल करिव १० वर्ष पहिले देखि नै कार्यरत छन् । एसडीआईको रिच नेपाली बजारको कुना कुना सम्म छ । एसडीआईका मार्केटिङ डाइरेक्टर सञ्जिवजी व्यक्तिगत रुपमै सबै बजार पुगेर आफ्नो कार्य गर्नुहुन्छ । टिम पनि निकै राम्रो छ । यसले गर्दा हामी निकै नै सन्तुष्ट छौ र आगामी दिनमा पनि मिलेर कार्य गर्नेछौ । फोर ह्विलरका क्षेत्रमा पनि राम्रो कार्य भइरहेकाले नै लामो समय देखि नै सहकार्य भइरहेको छ ।
नेपाली बजारमा ग्याब्रियलका प्रतिस्पर्धी अन्य कम्पनीका उत्पादन पनि उपलब्ध छन् । यो अवस्थामा तपाईको लक्ष्य कति सफल हुने अपेक्षा गर्नुभएको छ ?
प्रतिस्पर्धा सबै क्षेत्रका लागि अनिवार्य हुन्छ । राम्रो प्रतिस्पर्धी भयो भने नै सबै मिलेर प्रोडक्टको सेल हुन्छ । कम्पिटिसन भएन भने तपाई कम्पलेसेन्ट हुनुहुन्छ । आफैमा गलत मात्रामा सन्तुष्ट हुने हुन्छ । सही प्रतिस्पर्धी भयो भने काम गर्न पनि रमाइलो हुन्छ । मलाई आशा छ, मैदानी जंगमा हामी प्रतिस्पर्धी भन्दा अगाडि हुनेछौ ।
काठमाडौं – वर्कशप टुल्स र इक्विपमेन्ट उपलब्ध गराउने भारतको प्रतिष्ठित...
समयमै कार सर्भिसिङ गर्दा धेरै समस्याबाट बच्न सकिन्छ । कारमा सबैभनदा...
रातको समयमा ड्राइभिङ गर्दा सबैभन्दा महत्वपूर्ण चिजहरू मध्ये एक हो हेडलाइट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...