डिजेल कन्टेनरभन्दा इलेक्ट्रिक कन्टेनर चलाउँदा वार्षिक ३५ लाख रुपैयाँभन्दा बढी बचत हुने दाबी
काठमाडौं – विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग बढ्दै जाँदा यसको...
वीरगन्ज – वीरगन्ज लगायत तराईका विभिन्न स्थानमा दैनिक प्रयोजनका सामग्री ओसारपसार कार्यमा विभिन्न प्रकारका सवारी साधनको प्रयोग बढ्दो छ । ती मध्ये कुशवाहा मोटर्सद्वारा बिक्री–वितरण भइरहेको चिनियाँ कम्पनी किटेकको ह्विल लोडर एक हो ।
वीरगन्जका साथै नारायणगढ, कलैया, चःपुर, जनकपुर, धनगढी, राजापुर, इटहरी आदि स्थानमा कुशवाहा मोटर्सले सबडिलर स्थापना गरेर उक्त इलेक्ट्रिक लोडर बिक्री–वितरण गरिरहेको छ ।
करिव ७ वर्ष देखि नेपालमै एसेम्बल गरेर बिक्री गरिरहेको रातो कलरको सो इलेक्ट्रिक लोडर हेर्दा पनि आकर्षक छ । १ टन क्षमताको सो फुल्ली इलेक्ट्रिक लोडरमा ८० एम्पियरका ५ थान ब्याट्री प्रयोग गरिन्छ । यसले सिंगल चार्जमा करिव १०० किलोमिटर रेन्ज दिन्छ ।
ब्याट्री चार्ज गर्नका लागि १८ एम्प्यिर क्षमताको चार्जर उपलब्ध हुन्छ । त्यसैगरी यसमा करिव २ हजार वाटको मोटर हुन्छ । यसको मूल्य ४ लाख रुपैयाँ तोकिएको छ ।
५० प्रतिशत फाइनान्स सुविधामा सो इलेक्ट्रिक लोडर खरिद गर्न सकिने र फाइनान्स सुविधा समेत उपलब्ध भएको कुशवाहा मोटर्सका म्यानेजर श्रीराम प्रसाद कुशवाहाले बताए ।
सो इलेक्ट्रिक लोडर फलफुल, तरकारी आदि सामान ओसारपसार गर्नमा बढी प्रयोग हुन्छ । व्यवसायीहरुले दैनिक रुपमा २ हजार रुपैयाँ भन्दा बढी नै कमाई गर्ने गरेको बताइएको छ ।
कुशवाहा मोटर्सले यस्तै क्षमतामा ई–रिक्सा समेत बिक्री–वितरण गरिरहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...