आज पनि पूर्ण रुपमा अवरुद्ध छन् यी सडक

काठमाडौं - अविरल वर्षा र पहिरोका कारण देशका तीन प्रदेशमा पर्ने ७ वटा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज जारी गरेको सूचना अनुसार, कोशी र बागमती प्रदेशका जिल्लाहरूमा यातायात बढी प्रभावित बनेको छ।

कोशी प्रदेशमा अवस्था जटिल

कोशी प्रदेशमा सङ्खुवासभा र इलाम जिल्लामा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको मोठखोला गाउँपालिकाको बर्षेखोला क्षेत्रमा अविरल वर्षाका कारण पूर्ण अवरोध छ।

मेची राजमार्ग इलामका विभिन्न स्थानमा अविरल वर्षाले गर्दा पूर्ण रूपमा अवरुद्ध भएको छ। धनकुटामा मध्य पहाडी लोकमार्ग पाख्रीबास नपा-५ दिक्तेलमा एकतर्फी रूपमा सञ्चालनमा छ।

बागमती प्रदेशका तीन राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध

रसुवाको गोसाइकुण्ड गाउँपालिकाको टिमुरे नजिक पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

बी.पी. राजमार्ग काभ्रेपलाञ्चोकको कोशी रोशी गाउँपालिकामा पहिरोले गर्दा पूर्ण अवरोध रहेको छ। यसैगरी सिन्धुलीको सुनकोशी गाउँपालिका-१ नेपालथोक क्षेत्रमा पहिरोका कारण बी.पी. राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

मकवानपुरमा कान्ति लोकपथ सडक र सिन्धुलीमा मदन भण्डारी राजमार्ग केही स्थानमा पहिरो र वर्षाका कारण एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेका छन्।

कर्णाली करिडोर पनि अवरुद्ध

कर्णाली प्रदेशअन्तर्गत हुम्ला जिल्लामा पनि पहिरोका कारण कर्णाली करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ।

यातायात सुचारु गर्नका लागि प्रहरी टोली र सडक विभागका कर्मचारीहरू खटिएका छन्। अत्यावश्यक काम बाहेक यात्रामा ननिस्कन र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले सम्पूर्ण यात्रुहरूलाई अनुरोध गरेको छ।

सम्बन्धित समाचारहरू

कोशी प्रदेश सरकारले ट्रक पार्किङस्थल निर्माणका लागि छुट्यायो दुई करोड

कोशी प्रदेश सरकारले ट्रक पार्किङस्थल निर्माणका लागि छुट्यायो दुई करोड

काठमाडौं – कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ट्रक...

टुरिस्ट बस प्रयोग गर्ने नेपाली बढ्दै, यस्ता छन् टुरिस्ट बस चढ्दा हुने ५ फाइदा

टुरिस्ट बस प्रयोग गर्ने नेपाली बढ्दै, यस्ता छन् टुरिस्ट बस चढ्दा हुने ५ फाइदा

नेपालमा अहिले टुरिष्ट बसको प्रयोग बढ्दो छ । विशेष गरी अन्तर्राष्ट्रिय...

जेन-जी आन्दोलनका कारण विभागको सम्पूर्ण प्रणाली ठप्प, इम्बोस्ड नम्बर प्लेट र लाइसेन्समा अन्यौल

जेन-जी आन्दोलनका कारण विभागको सम्पूर्ण प्रणाली ठप्प, इम्बोस्ड नम्बर प्लेट र लाइसेन्समा अन्यौल

भदौ २४ गतेको जेन-जी आन्दोलनले देशभर ठूलै असर पा-यो। राजधानी काठमाडौंमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...