लिपमोटर बी०५ को प्रि–सेल सुरु, यस्तो छ मूल्य र विशेषता
लिपमोटरले आफ्नो नयाँ विद्युतीय ह्याचब्याक कार बी०५ को प्री– सेल सुरु...
चीनको अग्रणी टेक्नोलोजी कम्पनी हुवावेले आफ्नो दोस्रो इलेक्ट्रिक कार एआईटीओ एम५ हाइब्रिड एसयूभी चीनमा लन्च गरेको छ । यो कार बिजुली र इन्धन दुबैमा चल्न सक्छ । यो कारमा हुवावेद्वारा विकसित आपरेटिङ सिस्टम समावेश गरिएको छ । जसको नाम हार्माेनिओएस राखिएको छ । सो सिस्टमले एन्ड्रोइड र विन्डोजको विकल्पको रूपमा काम गर्नेछ । यो सिस्टम विभिन्न इन्टरनेट अफ थिंग्स डिभाइस र ग्याजेटहरूका साथै स्मार्ट कारहरूमा जडान गर्न सकिन्छ ।
शानदार प्रतिक्रिया
सो कारको पहिलो पाँच दिनमै ६ हजारभन्दा बढी बुकिङ भइसकेको छ । एआईटीओको पहिलो लक्जरी स्मार्ट इलेक्ट्रिक एसयूभी एम५ हुवावे र अन्य अर्को चिनियाँ ब्रान्ड सेरेसले विकास गरेको हो ।
भेरिएन्ट र पावर
पावरको लागि सो एसयूभीमा भेरिएन्टको आधारमा एक वा दुईवटा इलेक्ट्रिक मोटर जडान गरिएको छ । यो २०४ एचपीको अधिकतम पावर सहित रियर–व्हील ड्राइभ भर्सन हो । जबकि २२४ एचपीको पावर आउटपुटको साथै ४ ह्वील ड्राइव विकल्प उपलब्ध छ । ४–ह्वील ड्राइभमा ४२८ एचपीको समग्र पावर आउटपुट उत्पन्न गर्ने क्षमता छ ।
रेन्ज र स्पिड
हुवावे एआईटीओ एम५ मा १.५ लिटर टर्बोचार्ज गरिएको ४–सिलिन्डर इन्जिन पनि समावेश गरिएको छ । जसले १२५ एचपी जनरेट गर्छ । यद्यपि यसले ४० केडब्ल्युएच ब्याट्री प्याक रिचार्ज गर्न जेनेरेटरको रूपमा मात्र काम गर्छ । सो एसयूभीले ११९५ किलोमिटरको ड्राइभिङ रेन्ज दिने कम्पनीको दाबी छ । यो एसयूभीले ४.४ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघन्टाको गति लिन सक्ने दाबी गरिएको छ ।
इन्टेरियर
सो एसयूभीमा १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ, जुन हुवावे अपरेटिङ सिस्टमसँग आउँछ । यसमा स्प्लिट–स्क्रिन र थ्रीडी फेस रिकग्निसनको विकल्प पनि छ । यसको साथै हुवावे वाच वा अटोमेटिक हुवावे आईडी लगिनमा एनएफसी चिपको प्रयोग गरेर कार अनलक गर्न सकिन्छ ।
सेफ्टी फिचर
सो एसयूभीमा १०.४ इन्च इन्स्ट्रयुमेन्ट क्लस्टर छ, जुन डिजिटल डिस्प्लेसँग आउँछ । सेफ्टी फिचरका रुपमा विन्डशिल्डको बायाँ पिलरमा ड्राइभरलाई अलर्टनेस राख्नका लागि क्यामेरा जडान गरिएको छ ।
पोर्शे मेकनबाट प्रेरित
सो एसयूभीको लम्बाई ४.७७ मिटर छ र यसको ह्वीलबेस २.८८ मिटर छ । एसयूभीको डिजाइन पोर्शे मेकनबाट प्रेरित भएको देखिन्छ, किनकी दुबै बीच धेरै समानताहरू छन् । फ्रन्टबाट एसयूभीमा ठूलो र फराकिलो हेडलाइटमा उपलब्ध छ । यसका अलोय ह्वीलका लागि ठूला पाङग्रा आर्च दिइएको छ र रियर लाइट क्लस्टर टेलगेटसम्म फैलिएको छ ।
रङ
हुवावेको सो कार ६ वटा रङ सिरेमिक ह्वाइट, पाइन फ्रस्ट ग्रीन, आइस क्रिस्टल ग्रे, गिल्ट ब्ल्याक, मिहाई ब्लू र अजुर ब्लू जस्ता रङहरु विकल्पमा उपलब्ध रहेको छ ।
लिपमोटरले आफ्नो नयाँ विद्युतीय ह्याचब्याक कार बी०५ को प्री– सेल सुरु...
कठमाडौं – नेपाली बजारमा इटालियन ब्रान्ड इकोबिटका इलेक्ट्रिक स्कुटर...
काठमाडौं – आजदेखि भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपालमा मोबिलिटी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...