चन्द्रागिरिमा सवारी साधनको निःशुल्क परीक्षण सम्पन्न

काठमाडौं – काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषणलाई कम गर्ने प्रयास स्वरुप चन्द्रागिरि नगरपालिकाको त्रिभुवन पार्कमा जेष्ठ १६ र १७ गते निःशुल्क सवारी परीक्षण कार्यक्रम सम्पन्न भएको छ । चन्द्रागिरि नगरपालिकाले यूएसआईडी स्वच्छ हावा, सवारी परीक्षण कार्यालय, नेपाल ट्राफिक प्रहरी तथा अन्य सरोकार निकायसँग सहकार्य गरेर उक्त परीक्षण कार्यक्रम आयोजना गरेको हो।

सो अवसरमा उत्सर्जन परीक्षण पास गर्ने सवारी साधनलाई हरियो स्टिकर प्रदान गरिएको थियोे। २ दिने शिविरमा १०० सवारी साधनको परिक्षण गरिएको थियो जसमा ५६ सवारी साधन उत्सर्जन परीक्षणमा उत्तीर्ण भएका थिए भने हरियो स्टिकर नभएका २५ सवारी साधनले हरियो स्टिकर प्राप्त गरेका थिए ।

दुई दिने कार्यक्रमको उद्देश्य सवारी साधन मालिकहरूलाई उनीहरूको सवारी उत्सर्जनको निःशुल्क मूल्याङ्कन प्रदान गर्ने, सम्भावित प्रदूषण समस्याहरू पहिचान गर्ने र सम्बोधन गर्ने अवसर प्रदान गरिएको थियो । सवारी साधनहरूले उत्सर्जन मापदण्डहरू पूरा गर्ने सुनिश्चित गरेर, यो पहलले सफा हावा र स्वस्थ समुदायको अवधारणलाई प्रवद्र्धन गरेको छ ।

सबै प्रकारका सवारी साधन परीक्षण गर्न सकिने यो निःशुल्क कार्यक्रमले सवारीसाधनको स्वास्थ्य कायम राख्ने र वायु प्रदूषणका हानिकारक उत्सर्जनलाई कम गर्नका लागि थप सचेतना र जिम्मेवारी बढाउने लक्ष्य राखेको छ। परीक्षणमा सहभागीहरूले परीक्षणको रिपोर्ट मात्र प्राप्त गरेनन्, उनीहरूले आफ्नो सवारी साधनलाई वातावरणमैत्री बनाउन के गर्न सकिन्छ भन्ने बारे परामर्श पनि पाए ।

यूएसआईडी स्वच्छ हावा अभियान विभिन्न पहलहरू मार्फत वायुको गुणस्तर सुधार गर्न समर्पित छ। अभियानमा प्रदूषण मुक्त यातायातका विकल्पहरू प्रवद्र्धन गर्ने, वायु गुणस्तर सुधारका नीतिहरूको समर्थन गर्ने र वायु प्रदूषण कम गर्ने कार्यहरू रहेका छन् भने अभियानमा समूदायहरुलाई संलग्न गराउने प्रयास गरिएको थियो ।

समयमै सवारी साधन मर्मत समभार गर्न नसक्नु, इन्जिनको खराब अवस्था हुनु, एयर फिल्टर बन्द हुनु, इग्निशन कोइल, स्पार्क प्लग, विद्युतीय सर्किट र इएफआई प्रणाली जस्ता भागहरूमा समस्या हुनु, हावा र इन्धनको असन्तुलित अनुपात, ईजिआर भल्वको कमजोर काम, कम गुणस्तरको इन्धन र लुब्रिकेन्टको प्रयोग र टर्बोचार्जर र सुपरचार्जरको समस्या सवारी साधनको उत्सर्जनमा वृद्धि हुनुका मुख्य कारणहरु हुन्। नियमित रूपमा सवारी साधनको अवस्था परीक्षण गर्ने, सवारी साधनको नियमित सर्भिसिङ गर्ने र वातावरणीय स्वच्छतामा ध्यान दिने हो भने हामीले वायु प्रदूषण धेरै हद सम्म न्यूनीकरण गर्न सक्छौँ ।

हरेक वर्ष लाखौँ मानिसहरुले वायु प्रदूषणबाट हुने रोगको कारण ज्यान गुमाउछन् । काठमाडौंमा हुने प्रदुषणको मूख्य कारण सवारी साधनबाट हुने उत्सर्जन हो । कार्बनडाइअक्साइड, नाइट्रस अक्साइड, मिथेन, कार्बन मोनोअक्साइड, हाइड्रोकार्बन, पार्टिकुलेट म्याटर, नाइट्रोजन र सल्फरका अक्साइडहरु सवारीसाधनबाट उत्सर्जित हुने ग्याँस हुन् र यसले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्छ । वायु प्रदूषणको प्रभावलाई बेवास्ता गरिएमा हाम्रा आगामी पुस्ताले पनि दीर्घकालीन रोगको सामना गर्न पर्छ । यद्यपि सवारी साधनको मर्मत सम्भार तथा इन्धनको गुणस्तर जस्ता सामान्य कुराहरुमा ध्यान दिन सकेमा वायु प्रदूषण केही हद सम्म न्यूनीकरण गर्न सकिन्छ।

सम्बन्धित समाचारहरू

जब गुडिरहेको बसमा धुँवाको मुस्लो देखियो …..

जब गुडिरहेको बसमा धुँवाको मुस्लो देखियो …..

काठमाडौं – काठमाडौंको नयाँबानेश्वरमा गुडिरहेको एक बसबाट धुँवाको मुस्लो...

होलीमा ७८४ सवारी साधन होल्ड, १४७ चालक नियन्त्रणमा

होलीमा ७८४ सवारी साधन होल्ड, १४७ चालक नियन्त्रणमा

काठमाडौं – फागु पूर्णिमा (होली) लाई लक्षित गरी काठमाडौँ उपत्यकाका विभिन्न...

काठमाडौं उपत्यकाबाट एकैदिन बाहिरिए एक लाख ११ हजार

काठमाडौं उपत्यकाबाट एकैदिन बाहिरिए एक लाख ११ हजार

काठमाडौं – बितेका २४ घण्टामा काठमाडौं उपत्यकाबाट एक लाख ११ हजार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...