युरोपमा पुराना चिनियाँ ईभीको मागमा उच्च बृद्धि, कारण के ?
काठमाडौं–चीनमाा पुराना ईभीको मागमा उच्च बृद्धि देखिएको छ । चिनियाँ ईभीमा...
क्रसफायर तथा इटालिका मोटरसाइकलको आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिले तीन दिने फ्रि चेकअप तथा टेष्ट राइड क्याम्प आयोजना गर्ने भएको छ । महाराजगन्ज स्थित शोरुममा आयोजना हुने उक्त कार्यक्रममा ग्राहकले विभिन्न छुट र सुविधा पाउने जनाइएको छ ।
भोलीदेखी शुरु हुने सो क्याम्पमा ग्राहकले आफ्नो मोटरसाइकलको १६ प्वाइन्ट मेकानिकल र ९ प्वाइन्ट लुव्रिकेसन चेकअप निशुल्क गराउन पाउनेछन् । यसैगरी मोटरसाइकलको मर्मत सम्भार गर्दा प्रयोग हुने स्पेयर पार्ट्समा १५ प्रतिशत र लुव्रिकेन्ट्समा १० प्रतिशत छुट दिइने कम्पनीले वताएको छ । क्याम्प पुष ८ गतेसम्म अयोजना हुनेछ ।
उक्त कार्यक्रममा राइडरले क्रसफायर र इटालिका व्रान्डको नेपाली बजारमा उपलब्ध विभिन्न मोडलका मोटरसाइकल र स्कुटरको टेष्ट राइड समेत गर्न पाउने छन् भने ट्रेकर २५० मा एक्सक्लुसिभ चेकअपको सुविधा समेत उपलब्ध छ ।
आगमी दिनमा अन्य शोरुम र डिलरमा समेत यसप्रकारको कार्यक्रमलाई विस्तार गरिने कम्पनीले वताएको छ । डर्ट एवं एड्भेन्चर सेग्मेन्टमा लोकप्रियता कमाएको क्रसफायर विगत लामो समयदेखी नेपाली बजारमा उपलब्ध रहँदै आएको चर्चित व्रान्ड हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...